कांग्रेसमा चर्चियो विवाद : देउवाविरुद्ध बन्यो दबाब दिनेदेखि धर्नासम्मका कार्यक्रम

Nepali congress

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागमा धमाधम मनोनयन गरेपछि त्यसको खारेजीका लागि असन्तुष्ट नेताहरु एक ठाउँमा उभिएका छन् ।

सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।

सभापति देउवाले पछिल्लो पटक एनपी सावद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका छन् ।

विभाग गठनप्रति पौडेल पक्ष सुरुदेखि नै असन्तुष्ट थियो । त्यसको विरोधमा पौडेल पक्षले देउवालाई विरोधपत्र समेत बुझाएको थियो । तर पनि देउवाले विभाग गठन र मनोनयनलाई निरन्तरता दिएपछि पौडेल समूहमा सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठेको छ ।

महाधिवेशनको मुखमै धमाधम मनोनयन गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले मनोनयन खारेजीको माग गरेका छन् । शनिबार भर्चुअल छलफलका क्रममा नेताहरुले सभापति देउवालाई दबाब दिनेदेखि अनसनसम्मका आन्दोलनका कार्यक्रमका विषयमा समेत सहमति जुटाएका छन् । देउवाले विभिन्न विभागमा झण्डै १ हजार जनालाई मनोनित गरेका छन् ।

भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत नेताहरु सहभागी भएका थिए ।

केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले भर्चुअल बैठकमा प्रतिवेदन पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...