दुःखीका सहारा : ज्यान अमेरिकाको भर्जिनिया राज्यमा, मन र बचन नेपाली भुमीमा

Raghunath subedi

फिलाडेल्फिया (अमेरिका) । नेपालीका लागि सात समुन्द्रपारीको देश हो अमेरिका । यहाँ आउने सबैको चाहना हुन्छ । कतिपयका चाहना पूरा हुन्छन्, कतिको चाहना अधूरै रहन्छन् । जुन आश्चर्यको कुरा पनि होइन ।

आफ्नो चाहना पूरा गर्न अमेरिका आउनेहरु सबैको प्रगति हुन्छ भन्ने पनि छैन र भएको पनि छैन । यहाँ सुन्दा जति सुख छ, भोग्नेलाई मात्रै यहाँको दुःख र कष्ट कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।

सात समुन्द्र पारीको देश अमेरिकामा रहेर पनि समाजका लागि केही गरौं भन्ने चाहना सबैको हुन्छ । तर, चाहेर पनि जो कोही सामाजिक काममा हात हाल्न सक्दैनन् । यसका विविध कारण छन्, अनेकौं समस्या छन् । पराई मुलुकमा बसेर नेपाल र नेपालीको सेवामा लाग्न कहाँ सजिलो छ र ? तैपनि सबै प्रकारमा समस्यालाई चिर्दै सामाजिक काममा सक्रिय छन् रघुनाथ सुवेदी, जो अमेरिकाको भर्जिनिया राज्यमा स्थायी बसोबास गर्दै आएका छन् ।

उनी यस्तो सामाजिक कार्यकर्ता हुन्, जसको शब्दमा जति तारिफ गरे पनि कम हुन्छ । शब्दमा बयान गर्न पनि कम हुन्छ । कारण उनी भर्जिनियामा रहे पनि आम नेपालीको मनमा बसेका छन् । आफ्ना सहकर्मीहरु र अग्रजहरु माझ प्रिय बनेका छन् । त्यसको अनेक कारण छन्, त्यो मध्ये सहयोगी भुमिका नै हो ।

चुपचाप र गुमनाम ढंगले सामाजिक निक्कै सक्रिय सुवेदी अमेरिकी सरकारको वाणिज्य मन्त्रालयमा इन्फरमेसन टेक्नोलोजी मेनेजरको रुपमा काम गर्दै आएका छन् । उनले जति काम गरेका छन्, त्यो जनचाहना बमोजिम छन् । तर उनी आफुले जतिसुकै राम्रो काम गरे पनि कहिले प्रचारमा आउन चाहँदैनन् । त्यही भएर पनि कतिपयले उनलाई सामान्य व्यक्तिको रुपमा चिन्छन् । तर, उनको काम भने असाधारण छ ।

विश्व यतिबेला कोरोना भाइरसको संक्रमणले थलिएको छ । अहिले विश्वमा नै आर्थिक संकट आइपरेको छ । उनले यस्तो कोरोनाको संक्रमणका बेला अमेरिकामा बस्ने नेपालीलाई खुल्ला दिलले सहयोग गरे । उनी अहिले सबैको आर्शिवादका पात्र बनेका छन् ।

उनले अमेरिकामा बस्ने नेपालीलाई मात्रै होइन, नेपालमा बस्ने नेपालीलाई पनि उत्तिकै सहयोग गरेका छन् । अर्थात् कोरोनाको संकटको बेला सहयोगी बनेका छन् । ‘म आफु अमेरिकामा बसे पनि मेरो मन नेपालमै छ । त्यही भएर सामान्य सहयोग मात्र गरेको हुँ’, उनले निशान न्युजसँग भने, ‘यस्तो संकटको बेला सहयोग गर्नु नै हामी नेपालीको परम धर्म हो ।’

कतिपयले उनलाई दुःखी, गरिव र असाहयको सहारा नै ठान्छन् । उनी सुदूरपश्चिम नेपालको कैलालीमा रहेको सहारा घर कैलालीको अभिभावक पनि हुन् । सहारा घरमार्फत दुःखमा परेका महिला तथा बालबालिकाहरुको उद्धार, पालनपोषण र अधिकारका लागि आवाज पनि उठाइरहेका छन् ।

त्यति मात्रै होइन, कैलालीकै कमैया बस्तीको एउटा नमुना अध्ययन विद्यालयका पढाउने एक जना शिक्षकलाई प्रत्येक महिना तलव खुवाउँछन् । ‘मैले दुःखी, गरिव र असहायका लागि उनले अमेरिकाबाटै नियमित सहयोग गरिरहेको छु’ उनले निशान न्युजसँग भने, ‘मैले गरेको सानो सहयोग कसैका लागि बरदान बन्छ भने म किन पछि हट्ने भनेर मैले जे जति सकेको छु, त्यति सहयोग दिँदै आएको छु ।’

उनले राम्रो काम गर्दा गर्दै कहिले काहीँ निर्लज्ज हुनुपरेको छ । जसलाई उनी सामान्य ठान्छन् । राम्रो काम गरे पनि मनोवल गिराउनेहरुको कमी छैन । तर उनी त्यस्तासँग कहिले हार खाएका छैनन् । ‘किनकी राम्रो काम गर्न खोज्दा जति चुनौती हुन्छ, त्यति नै रामम्रो काम गर्ने मनोवल बढ्छ ।’

हजुर ‘बा’ कै पथ
उनका हजुर बुवा हरिलाल सुवेदी पनि साह्रै सहयोगी । सामाजिक काममा जहिले सक्रिय बन्ने । हरिलाल कर्मकाण्डमा असाध्यै निपूर्ण थिए । पुराणमा सबैलाई मख्ख पार्न सक्ने क्षमता उनमा थियो । त्यसका कारण पनि उनलाइै गाउँमा सबैले आदर गर्थे ।

विस २०३२ चैत ५ गते म्याग्दी जिल्लाको ताकममा जन्मिएका सुवेदीले पनि हजुर बुबाकै सिको गरे । हजुर बुबा कै प्रेरणाबाट सामाजिक सेवामा सक्रिय बन्न थाले । सानैदेखि सामाजिक काममा दिलोज्यान दिएर लाग्ने उनी आफ्ना हजुर वुवाको प्रेरणाबाट सामाजिक कायममा आफ्नो जीवन समर्पण गरिरहेका छन् ।

उनकै रघुनाथको पहलमा अमेरिकामा बसेर पनि म्याग्दीको धौलागिरी गाउँपालिकामा हस्पिटल बनाउन आर्थिक सहयोग जुटाइरहेका छन् । श्रीमति बबिता सुवेदी पनि उत्तिकै सहयोगी छन् । उनलाई सामाजिक काम गर्न श्रीमतिले खुल्ला मनले साथ दिएकी छन् ।

उनले इम्फरमेसन टेक्नोलोजी विषयमा भारतको न्यु दिल्लीबाट स्नातकोत्तर गरे । तिखो बुद्धि भएका सुवेदी २०६६ मा अमेरिकी सेनामा भर्ना भए । उनले २०७० सालसम्म अमेरिकी सेनामा काम गरे । अमेरिकी सेनामा कार्यरत रहँदा उनली आफ्गानिस्तान र दक्षिण कोरियामा बसेका थिए ।

१ करोड रुपैयाँको लागतमा ऐतिहासिक ताकमकोट मन्दिर बन्यो । जुन मन्दिर पुनर्निर्माणका लागि उनले नै महत्वपूर्ण भुमिका निर्वाह गरे । उनकै पहलमा आर्थिक सहयोग अभियान सुरु भएपछि १ करोड रुपैयाँ संकलन भयो । अनि पुनर्निर्माण भयो ऐतिहासिक मन्दिर । जुन मन्दिर यो क्षेत्रकै चर्चित मन्दिर पनि हो ।

उनले सानातिना सम्मान कति थापेका छन् कति । अमेरिकी सेनामा रहँदा उनले युएस आर्मी अचिपमेन्ट अवार्ड र भर्जिनियाबाट कमिनिटी अवार्डबाट पनि सम्मानित बने । यो उनको जीवनका लागि अति नै सम्मानित अवार्ड हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...