लोकसेवा आयोगले थाल्यो स्थायी कर्मचारी नियुक्त प्रक्रिया, चाडै आवदेन खुलाउँदै

Pradesh 5 loksewa

बुटवल । कोरोना संक्रमणबाट देश ठप्प छ । यही बेला मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेश नं. ५ ले प्रदेशबाटै स्थायी कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ ।

स्वास्थ्यतर्फका सातौं र आठौं तह र इन्जिनियरिङतर्फको सातौं तह छन् । प्रदेशबाट हुने आवेदनमा देशैभरका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । सबैको सहजताका लागि अनलाइनबाट दरखास्त लिने तयारी भइरहेको छ ।

प्रदेश लोक सेवाले पहिलो पदपूर्तिमा १ सय २५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ । इन्जिनियरिङतर्फका ५३ र स्वास्थ्यतर्फका ७२ पदमा आवेदन हुन लागेको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका केही पदमा स्थायीपूर्तिका लागि स्वीकृति दिएपछि लोक सेवाले औपचारिक रुपमा कर्मचारी छनोट गर्न थालेको छ । प्रदेश निजामती सेवामा पहिलो पटक इन्जिनियरिङ तर्फको सातौं तह र स्वास्थ्यतर्फको सातौं र आठौं तहमा कर्मचारी भर्ना गरिँदैछ ।

लोकसेवाले परीक्षा लिने तयारी गरेका विषयको पाठ्यक्रम तयार गरिसकेको छ । संघीय लोकसेवाकै पाठ्यक्रममा आधारित रहेर प्रदेश पाठ्यक्रम निर्माण गरिएको छ । लोकसेवाले आयोगको नियमावली, खर्च आम्दानी मापदण्ड, बैठक कार्यविधि तयार गरिसकेको छ ।

आयोगले परीक्षा सञ्चालनका लागि प्रदेश सरकारको सहयोग लिनेछ । आयोगको कामलाई निष्पक्ष र पारदर्शी बनाउनका लागि सबै प्रक्रिया पूरा गरिएको जनाएको छ ।

तीन सदस्यीय प्रदेश लोक सेवा आयोगमा अहिले अध्यक्षमा डिलीराम भट्टराई र सदस्यमा गौतम मात्रै छन् । एक जना सदस्यको नियुक्ती विवादित बनेपछि अहिलेसम्म अर्को नियुक्ती भएको छैन ।

प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारीमा रहेको बताए । उनका अनुसार प्रदेश लोकसेवा आयोगले अत्यावश्यक पदमा सुरुमै पदपूर्ति गर्ने तयारी थालेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...