राष्ट्रिय सभामा बामदेव गौतमको ‘इन्ट्री’ हुँदा डा. खतिवडा ‘आउट’

Bamdev gautam 1

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय सकिएको छ । प्रधानमनत्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनित गरेर पुनः अर्थमन्त्री बनाउने तयारी गरेका थिए । तर, बुधबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा ओली गौतमलाई राष्ट्रिय सभामा लैजान राजी भएका थिए ।

उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका थिए । आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उनको सांसद पद सकिएको छ । तर सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार उनी अहिलेसम्म मन्त्रीकै पदमा कायम छन् ।

प्रधानमन्त्री ओलीले फागुनमै खतिवडालाई राष्ट्रियसभामा पुनः नियुक्त गर्न खोजेका थिए । तर, त्यसबेला सचिवालय बैठकको बहुमतले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि खतिवडाको पुनःनियुक्ति रोकियो । त्यसैबेलादेखि राष्ट्रियसभामा एक सीट खाली रहँदै आएको छ ।

फागुनमा राष्ट्रियसभामा पुनःनियुक्त हुन नपाए पनि डा। खतिवडा ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने’ संविधानको प्रावधानअन्तरगत अर्थमन्त्रीमा पुनः नियुक्त भए । तर, उनको यो ६ महिने कार्यकाल पनि यही शनिबार सकिँदैछ ।

बैठकमा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि समेत बैठकमा छलफल भएको छ । कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भएपछि ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

बैठकले कार्यदलले प्रतिवेदन बुझाएको धन्यवाद दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजना बनाएर सचिवालयमा पेश गर्ने निर्णय भएको छ । छिट्टै बस्ने स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ ।

तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, चम्किलो थियो । यो छोटो आलेखमा वामदेव गौतमको विगत र आगतबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

वामदेव गौतमले ५० को दशकसम्म जुन लोकप्रियता आर्जन गरेका थिए, त्यो क्रमशः गुमाउँदै गइरहेका छन् । उनको लोकप्रियताको ग्राफ दिनानुदिन ओरालो लागिरहेको छ ।

आफू अलोकप्रिय हुँदैछु भन्ने कुरा गौतमले थाहै पाउँदैनन् । या, थाहा पाएर पनि त्यसलाई बेवास्ता गर्दै आएका छन् । जस्तो- ०७० सालको चुनाव हारेपछि उनले अरुलाई राजीनामा गराएर पनि सांसद हुन गरिरहेको जोडबलले उनलाई अलोकप्रिय एवं सत्तालोलुप नेताका रुपमा चिन्हाएको छ । तैपनि उनी लगातार त्यही प्रयासमा छन् ।

गौतमलाई माओवादीपरस्त भएको आरोप लगाउने केपी ओलीकै नेतृत्वमा अहिले माओवादीसँग पार्टी एकता भएको छ । र, वामदेवचाहिँ पार्टी फुटे पनि फरक पर्दैन भन्ने लाइनमा उभिएर केपी ओलीको आश्वासनको दोस्रो कोसेली फुकाउने तयारीमा देखिन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...