नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु

5454231

 काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु  भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बिहान ११ बजेका लागि तोकिएको बैठक तयारी नपुगेका कारण दिउँसोका लागि सारिएको थियो ।

बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घन्टा छलफल भएको थियो ।

पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने यसअघिको निर्णय कार्यान्वयनको विषय, कोरोना लगायतका एजेण्डामा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेकपा विवाद उत्ष्कर्षमा पुगेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलले गएको ६ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...