तयारी नपुग्दा नेकपाको सचिवालय बैठक ३ बजे मात्रै बस्ने

Nekapa sachiwalaya baithak

काठमाडौं । पर्याप्त तयारी नभएको भन्दै सत्तारुढ दल नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको छ । आज बिहान ११ बजेका लागि तोकिएको बैठक तयारी नपुगेका कारण दिउँसोका लागि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएका छन् । बैठकमा अध्यक्षद्वयबीच देखिएको विवाद समाधानका लागि गठित नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि थप छलफल हुने छ ।

यस्तै बैठकमा राष्ट्रिय सभामा बामदेव गौतम अथवा डा। युवराज खतिवडा कसलाई लैजाने भन्ने विषयमा पनि छलफल र निणर्य हुनसक्ने बताइएको छ । प्रधानमन्त्री ओली भने खतिवडालाई नै लैजाने पक्षमा रहेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । तर, कुनै निश्कर्ष निस्किएन ।

खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उनको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई रहेको छ ।

साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उनको सांसद पद सकिएको छ । तर सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार उनी अहिलेसम्म मन्त्रीकै पदमा कायम छन् ।

प्रधानमन्त्री ओलीले फागुनमै खतिवडालाई राष्ट्रियसभामा पुनः नियुक्त गर्न खोजेका थिए । तर, त्यसबेला सचिवालय बैठकको बहुमतले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि खतिवडाको पुनःनियुक्ति रोकियो । त्यसैबेलादेखि राष्ट्रियसभामा एक सीट खाली रहँदै आएको छ ।

फागुनमा राष्ट्रियसभामा पुनःनियुक्त हुन नपाए पनि डा. खतिवडा ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने’ संविधानको प्रावधानअन्तरगत अर्थमन्त्रीमा पुनः नियुक्त भए । तर, उनको यो ६ महिने कार्यकाल पनि यही शनिबार सकिँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...