संयोजकको मनमौजी भेलाले अनेरास्ववियूमा बबण्डर

Ain mahar ranjit tamang

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू आन्तरिक विवादमा रुमलिएको छ ।

संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङबीचको विवादले अनेरास्ववियूको विवाद सतहमा आएको हो ।

विद्यार्थीको हकहित र सरकारका काम कारबाहीबारे रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने संगठन यतिबेला गुटगत भेलामा रमाएको छ ।

संगठनको मुख्य नेतृत्वकर्ता ऐन महरले संगठनलाई भन्दा बढी गुटगत प्रवृतिलाई आश्रय दिएको भन्दै अनेरास्ववियूका अर्को पक्षका नेताहरुले आरोप लगाएका छन् ।

सह-संयोजक तामाङले विद्यार्थीको हकहितका लागि आवाज उठाउनुपर्ने संगठनका संयोजक सरकारको मण्डले भएर हिँडेको आरोप लगाएका छन् ।

उनले देश कोरोना महामारीको अवस्थामा शैक्षिक क्षेत्र पनि थला परेकाले सरकारलाई झक्झक्याउनुपर्ने अवस्थामा संगठनको संयोजकले मण्डले प्रवृति देखाएको भन्दै चर्को आलोचना गरेका छन् ।

‘यो वर्षको शैक्षिक सत्र खेर जान नदिन खबरदारी गर्नुपर्ने अवस्थामा उहाँ एक शब्द पनि नबोल्ने । सरकारको विरोध नै नगर्ने अवस्थामा हुनुहुन्छ’, सह–संयोजक तामाङले भने, ‘संयोजक भनेको अहिलेको शैक्षिक क्षेत्रको विषयमा सामूहिक रुपमा के गर्ने कसो गर्ने, बैठक राख्ने, एकरुपता कायम गर्ने काम गर्नुपर्छ नि उहाँलाई केही मतलब नै छैन् ।

विद्यार्थीका ज्वलन्त विषयका मुद्दाबारे टुलुटुल हेरेर बस्न सकिएन । गुटगत सुरुवात उहाँले गर्नुभएको हो ।’

केहीदिन अगाडि सह-संयोजक तामाङले एकतर्फी विज्ञप्ति निकालेको भन्दै संयोजक महर समूहले आपत्ति जनाएको छ ।

उनीहरुले संयोजक हुँदा हुँदै एकलौटी ढंगले विज्ञिप्त निकालेकोमा आपत्ति जनाएका हुन् । यता सहसंयोजक तामाङ भने त्यो आरोप स्वीकार गर्न तयार छैनन् । उनले संयोजक गुटगत भेलामा लागेकाले आफूले बाध्य भएर एकतर्फी विज्ञप्ति निकालेको बताए ।

‘विज्ञप्ति मैले सिंगल निकालेकै हो । त्यसमा मैले सामान्य विषयमा निर्णय गर्दा एक जनाले निकाल्ने भन्ने कुरा ठूलो होइन । एकताको महाधिवेशनभन्दा अगाडि दुई जनाले निकाल्ने हाम्रो सहमति छ’, उनले भने ।

संयोजक महरले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको अवस्थामा गुटगत भेला गराएर आफ्नो बाटो लाग्ने तयारी गरेको तामाङको आरोप छ ।

‘पार्टीभित्रको जुन अन्तरविरोध र संघर्ष थियो । त्यो संघर्षको बेलामा संयोजककै नेतृत्वमा गत असार २३ गते हामीलाई खबर नगरी एकतर्फी रुपमा एउटा गुटगत भेला बोलाउनुभयो । त्यो भेला गलत थियो’, उनले भने, ‘हामीले छुट्टै भेला गरेका थिएनौं ।

संयोजक सहभागी भएर गुटगत भेला गर्ने, पार्टी नै फुट्दैछ आफ्नो आफ्नो बाटो लाग्ने भन्ने । एकाथरी नेतालाई ताली र अर्काथरी नेतालाई गाली गर्ने भनेर सर्कुलर गरिसकेपछि एकै ठाउँमा रहने, संयुक्त निज्ञप्ति निकाल्ने भन्ने हुँदैन ।’

त्यस्तै सह–संयोजक तामाङ संगठनभित्र असमान देखिएका विषयमा डिभेड गर्न तयार छन् । उनी संयोजक महरका असन्तुष्टी सम्बोधन गर्न तयार छन् ।

उनले महरले विधिको उल्लंघन गरेको आरोप लगाएका छन् । तामाङले महरले गुटगत भेला गराएको विषयमा गल्ती स्वीकार गरे आफू मिल्न तयार रहेको बताएका छन् । उनले सामूहिक रुपमा छलफल गरेर आत्मआलोचना गर्नुपर्ने अडान लिएका छन् ।

‘के विषयमा मिलेन भनेर उहाँको आपत्ति छ भने विषयमा डिभेड गर्न म तयार छु । तर, विधिको कुरा गर्दा उहाँले नै यो विधिको उल्लंघन गरेको हो’, उनले भने, ‘ यसको समिक्षा नगरी, गम्भीर छलफल नगरी र यसबारेमा आफ्नो आत्मआलोचना नगरी, गल्ती स्वीकार नगरी एक ढंगले अगाडि जान सक्दैन ।’

सहसंयोजक तामाङले पार्टीको स्प्रिड एक ठाउँमा पुगिसकेपछि संगठनलाई त्यही अनुरुप एक ढिक्का हुनका लागि छलफल गर्ने, बहस गर्ने काम अनेरास्ववियूभित्र नभएको बताए ।

‘सबैको सामूहिक छलफलबाट संगठनलाई ड्राइभ गर्ने जिम्मेवारी फस्टमेन्टको हिसाबले उहाँले लिनुपर्छ । उहाँले आजसम्म न छलफल गर्नुभएको छ न कुरा गर्नुभएको छ’, उनले भने, ‘न यसो गरौं भन्नुभएको छ ।

सहकार्य हुन्छ । तर, जब उहाँले गुटगत भेला गर्नुभयो त्यसपछि नैतिक हिसाबले उहाँले छलफल गर्नु भएको छैन् । दुःखद कुरा के छ भने मैले अनेरास्ववियूको इतिहास हेरेको छु । कतिपय अवस्थामा हामीले सहकार्य पनि गरेका छौं ।

संयुक्त विद्यार्थी आन्दोलनको बैठक आयोजना कार्यक्रमको विषयमा मैले भाग लिएको हुनाले अनेरास्ववियू सत्ताको कहिले पनि ताबेदारी गरेन ।’

त्यस्तै उनले इतिहासमा अनेरास्ववियूले मण्डले विद्यार्थी संगठनको भूमिका निर्वाह नगरेको बताए । उनले संगठनले सत्ताको ताबेदारी गर्न नहुने र त्यो कदापी हुन नदिन आफूहरु सचेत रहेको बताएका छन् ।

‘मण्डले विद्यार्थी संगठनले सत्ताको ताबेदारी गरेजस्तो, महिमा मण्डन गरेजस्तो अनेरास्ववियूले पनि विगतमा सत्ताको कहिले पनि महिमागान गाएन । सरकारको चाकडीवाज गरेन । अनेरास्ववियूले सत्ताको ताबेदारी गरेन । वाचडककै भूमिका निर्वाह गर्यो ।

दबाब खबरदारी, प्रश्न उठाउने काम नै अनेरास्ववियूले गर्यो’, उनले भने, ‘तर, अहिले यो अनेरास्ववियूको प्रवृति होइन । क्रान्तिकारीको यो प्रवृति नै होइन । हिजाको गौरवपूर्ण विरासतको जगमा वर्तमान उभिएको छैन् ।’

त्यस्तै उनले संगठनको भविष्यबारे पनि चिन्ता व्यक्त गरेका छन् । सहसंयेजक तामाङले विद्यार्थी संगठनले सरकारको ताबेदारी गर्नु ठिक नभएको बताए ।

‘यसको भविष्य पनि के हो के हो भनेजस्तो भएको छ । त्यसैले यो सत्ताको ताबेदारी गर्ने, महिमागान गर्ने तरिका ठिक छैन् । विद्यार्थी आन्दोलनको यो तरिका होइन । यो त मण्डले जस्तो भयो’, उनले भने ।

त्यस्तै उनले लकडाउनको समयमा आफूहरु शिक्षा क्षेत्रका विज्ञसँग छलफलमा रहेको बताएका छन् । उनले आफूहरु शिक्षा मन्त्रालय, विश्वविद्यालय र शिक्षा क्षेत्रका विज्ञ, विश्व विद्यालयका पदाधिकारीसँग छलफल गरिरहेको बताए ।

‘ यो वर्षको शैक्षिक सत्र खेर जान नदिने कसरी खेर जान नदिने । शैक्षिक सत्रलाई खबेर जान नदिने भन्ने विष्वायमा छलफल गरिरहेका छौं । कोरोनाका कारण अनलाईनमार्फत यस्ता निकासका बारेमा छलफल गर्ने गरिरहेका छौं’, उनले भने ।

त्यस्तै उनले सरकारलाई कोरोना नियन्त्रणका लागि विद्यार्थी संगठनसँग सहयोग लिन पनि सुझाव दिएका छन् ।

‘स्वयमसेवकको रुपमा भूमिका निर्वाह गर्न राज्यले सबै क्षेत्रलाई अपील गरोस् ।

हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘ननटेक्निकल विषयमा हामी राज्यलाई सहयोग गर्न तयार छौं ।

मानौंः क्वारेन्टाइन, अस्पतालबनाउन , ब्लड डोनेसन गर्ने विषयमा हामी सहयोग गर्न तयार छौं । अहिले सरकारले हामीलाई भनेको छैन् । राज्यले सहयोग मागे दिन तयार छौं ।’काठमाण्डुपाटीबाट !!

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...