बालुवाटारमा सकियो ओली–प्रचण्डको वार्ता, के भयो सहमति ?

प्रतिवेदनमाथि गहन छलफल, सचिवालय बैठक १३ गते बोलाइने

Oli prachanda vet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

पार्टीभित्र तीव्र रुपमा मतभेद भएपछि नेकपा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ले साउन ३० मा महासचिव विष्णु पौडेलको संयोकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको ६ सदस्यीय कार्यदलले भदौ ६ गते आफ्नो दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।

दुई घण्टा चलेको दुई अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टीको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको छ । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन् । 

अध्यक्षद्वयबीच भोलिसम्ममा सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको छ । सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने तयारी छ । सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी नेताहरुको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घन्टा कार्यदलको प्रतिवेदनमा केन्द्रित भएर छलफल भएको थियो । सो छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

सो प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरुसम्बन्धी प्रस्ताव छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...