नेकपा विवाद सुल्झाउन कार्यदलले दिएको सुझाव प्रतिवेदनमाथि ओली र प्रचण्डबीच छलफल सुरु

सचिवालय बैठक बोलाउने तयारी

Prachanda and kp oli 1593516918

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झाउन गठित कार्यदलले दिएको सुझाव (प्रतिवेदन) को कार्यान्वयनबारे सहमतिको विषयमा अध्यक्षद्धय  केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।

बैठकको लागि बिहान १० बजे नै बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा केन्द्रीत बैठक बालुवाटारमा सुरु भएको बताइएको छ । सोमबार बस्ने भनिएको दुई अध्यक्षहरुको बैठक आन्तरिक तयारी नभएको भन्दै आजको लागि सारिएको थियो ।

कार्यदलले दिएको प्रतिवेदनको अध्ययन गरेपछि दुई नेताहरुको बैठकले त्यसको कार्यान्वयनको सहमतिको मार्गचिध कोर्ने बुझिएको छ । आजको ओली र प्रचण्डको आजको छलफलपछि नेकपाले लगत्तै सचिवालय बैठक बोलाउने तयारी गरेको समेत नेताहरुबाट बुझिएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन सुझावमा पार्टी पद्धति र संस्थागत प्रणाली कार्यान्वयनमा जोड दिइएको छ ।

त्यसमा विवाद समाधानको लागि प्रचण्डले पार्टीको भूमिका र ओलीले सरकारको भूमिकामा रहेर मुख्य जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्नेमा जोड दिदै त्यसका लागि प्रतिवेदनमा पार्टीको एकता महाधिवेसन गर्नुपर्ने औल्याइएको छ ।

विवाद हल गर्नका लागि नेकपाले गत साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदलले यहि भदौ ६ गते १७ पेज लामो प्रतिवेदन अध्यक्ष समक्ष बुझाएको थियो ।

उक्त प्रतिवेदनको दुई अध्यक्षले अध्ययन गरेपछि त्यसको कार्यान्वयका विविध पक्षहरुबारे छलफल गर्न बैठक हुन लागेको बताइएको छ । प्रतिवेदनका सुझावहरुलाई ध्यान दिदै कसरी अगाडी बढ्ने भन्ने बारेमा दुई अध्यक्षहरुले छलफल गर्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...