पार्टीभित्रको विवाद अन्त्य गर्न कार्यदलले बुझायो ओली- दाहाललाई प्रतिवेदन

118007525 3267073786718436 1521101992167882527 n

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको गतिरोध अन्त्य लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदले प्रधानमन्त्री केपी शर्मा ओली र  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो। कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।


 


प्रतिकृया दिनुहोस