ओलीको ५ दिने काउन्डाउन शुरु, शीर्ष नेताहरु सहमति नजिक

Oli dahal 23

काठमाडौं । फुटको संगारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान उन्मुख भएको छ ।

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल सकारात्मक बनेसँगै पार्टीको विवाद सहमति नजिक पुगेको छ । शीषृ नेताहरु सहमतिको नजिक बनेपछि सहमतिका खाका पनि तयार हुन थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाबीच पनि सहमति भएको छ ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई एक पद छाड्न दबाब दिइरहेको थिए । उनीहरुले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्ने दबाब पनि दिइरहेका छन् । यही कारण प्रधानमन्त्री ओली बैठकमै जान छाडेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी विभाजनका लागि विभिन्न प्रयास जारी राखेपछि प्रचण्ड नेपाल समूहले तत्काल सहमति गरेर महाधिवेशन केन्द्रित हुनेगरी अगाडि बढ्ने रणनीति बनाएको स्रोतको दावी छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि ओलीलाई महाधिवेशन केन्द्रित भएर अगाडि बढ्न सुझाव दिएका छन् ।

लामो समयको छलफलपछि नेकपामा सहमतिको वातावरण बन्दै गएको छ । प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष मान्न ओली तयार भएका छन् । ओलीले महाधिवेशनबाट पार्टी राजनीतिक लाइन  जनताको जनबाद मानेर जाने विषयमा सहमति गरिसकेका छन् । उनले जबजलाई छलफलको विषय बनाए पनि महाधिवेशनबाट नयाँ विचारसहित अगाडि बढ्ने कुरामा सहमति गरेका छन् ।

महाधिवेशन चैतसम्म सम्पन्न गर्न अहिलेकै पार्टी संरचनालाई महाधिवेशन आयोजक समिति बनाउने, पूर्ववत अवस्थालाई ध्यान दिएर महाधिवेशन प्रतिनिधि चयन गर्ने, महाधिवेशनमा अहिलेकै अन्तरिम राजनीतिक लाइन जनताको जनबादलाई तत्लो तहबाटै छलफल गरेर लैजाने, सहमतिमै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने लगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति भएको छ ।

महाधिवेशन केन्द्रित छलफल सहमतिमा पुगेमा ओलीले स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म भएका प्रक्रियामा गल्ती स्वीकार गरेर सच्चाउने प्रतिबद्धता जनाउने, अहिलेसम्मका गलत नियुक्तको पुनर्विचार गर्ने, अब गर्ने राजनीतिक नियुक्तीमा पार्टीको सचिवालयमा छलफल गर्ने, सरकारलाई प्रभावकारी पार्नका लागि मन्त्रिपरिषद्का सदस्य फेरबदल गर्ने, केही मुख्यमन्त्रीहरु पनि परिवर्तन गर्ने र पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले नै गर्नेगरी सहमतिको सम्भावना बलियो भएको छ ।

महाधिवेशनसम्म पार्टीको बैठक बोलाउने, पार्टीका पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्ने, निर्णय कार्यान्वयन गर्ने र गराउने, महाधिवेशनको तयारी गर्ने, वैचारिक बहस अगाडि बढाउनेसहित पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने तथा महाधिवेशनपछि ओली वरिष्ठ वा मानार्थ नेताको रुपमा रहनेगरी सहमतिको खाका तयार भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...