९ दिनपछिको ओली–‘प्रचण्ड’ भेटवार्ताले ल्याउला त निकास ?

Kp prachanda

काठमाडौं । पाँच दिनभित्र पार्टीभित्रको विवाद अन्त्य हुने बताएकै भोलीपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरु भएको छ ।

पछिल्लोपटक ९ दिनसम्म नेकपाका अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ बीच बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बुधबार एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा ओलीले ५ दिन भित्रमा पार्टीभित्रको विवाद समाधान हुने बताएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पाँच दिनमै नेकपाभित्रको विवाद अन्त्य हुने बताएको भोलि पल्ट नै भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीमा देखिएको विवाद अन्त्यको प्रयास हुनेछ । आजको भेटवार्तामा निकासका लागि ओलीले महाधिवेशन आयोजक समिति बनाएर अगाडि बढ्ने नयाँ प्रस्ताव गर्ने छ ।

पटक पटकका भेटवार्ता निष्कर्षमा नपुगेपछि पछिल्लो एकहप्तादेखि अध्यक्षद्वय ओली-प्रचण्डबीच संवादहीनताको अवस्था थियो । स्थायी कमिटी बैठकमा ओलीले दुबैपदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि प्रधानमन्त्रीले बैठक टारिरहेका छन् ।

विवाद बढ्दै गएपछि दुबै पक्षले एकअर्कालाई दबाब बढाउँदै गएका छन् । जसका कारण पनि नेकपाको विवाद अन्त्य हुन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...