जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

Oli health

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को निर्णय प्रति प्रधानमन्त्री सतिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै जसपाले गरेको निर्णयमा प्रधानमन्त्रीप्रति अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ ।सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ।’

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला।’

२५ साउनमा जारी जसपाको विज्ञप्तिमा ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ । वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रूपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको विऊ रोप्ने कार्य गर्दैछ’ भनेर लेखिएको थियो । प्रेस सल्लाहकार थापामा यसैमा आपत्ति जनाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...