सहमति विना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन : टोपबहादुर रायमाझी

Top bahadur rayamaje

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।

अर्घाखाँचीमा भएको कार्यक्रममा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए ।

उनले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको समेत टिप्पणी गरे । पाटीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण बनेको बताए ।

पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उनले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...