ओली–प्रचण्डबीच बालुवाटारमा छलफल सुरु, खानाल र नेम्वाङ पनि सहभागी

Kp prachanda

काठमाडौं । पार्टीभित्र लम्बिदैं गएको आन्तरिक द्धन्द्ध समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरु भएको छ ।

पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

गएको १३ गतेदेखि रोकिएको संवादहीनता आइतबारदेखि तोडिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुनेछ ।

आजको भेटवार्तामा पनि नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी भएका छन् ।

ओलीले अर्लिमहाधिवेशनमा जोड दिएका छन् भने प्रचण्डले अहिले देखिएको विवादको निकास ओलीले नै दिनुपर्ने बताउदै आएका छन् । हिजो नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...