नेकपा विवाद : प्रचण्ड नरम, ओली अझैं गरम (संवादसहित)

ओली भन्छन्, एक/दुईजना साथीहरु मन्त्री बनाउनुपर्ने भए बनाऔं

Kp prachanda

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच साउन १३ गतेदेखि संवाद हुन सकेको थिएन ।

बरु यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन विष्णु पौडेल र शंकर पोखरेलले खुमलटार र बालुवाटारमा पटकपटक भेटघाट र छलफल गरेका थिए । ओली र प्रचण्डबीच आइतबार झण्डै तीन घन्टा छलफल भएको छ ।

तीन घण्टासम्म बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन । यद्यपि अध्यक्षद्धयको भेटघाट सकारात्मक कुराबाटै सुरु भएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ ओली–प्रचण्डको संवादमा सहभागी थिए ।

विवाद बढेपछि आज पाँचौँ दिनमा मात्र अध्यक्षद्वयबीच संवाद भएको छ । पछिल्लोपटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

यस्तो छ ओली र प्रचण्डबीचको संवाद
प्रचण्ड : सकरात्मक हिसाबले छलफल गरौँ । समग्र पार्टी कार्यकर्ता र आम जनतामा नेकपाको विवादले नकारात्मक असर गर्न थालिसक्यो । हामी सबैलाई गाली गर्न थालेका छन् । हामी गम्भीर भएर जाऔँ ।

ओली : सकरात्मक पहल गरौँ । तर, कसरी ? मिल्ने विन्दुमा छलफल गरौँ । बहुमत देखाउने काम कसैले नगरौँ । मिल्नकै लागि मैले बैठक स्थगित गरेको थिएँ । तपाईँले बैठक रोक्न किन नसक्नु भएको ?’

प्रचण्ड : पार्टी एकताका लागि म लचक हुँदै आएको छु । मैले छाड्नुपर्ने ठाउँ पनि छैन । तर, अब आमजनता र कार्यकर्ताको भावना अनुसार निकास निकाल्नका लागि स्थायी कमिटी र विधान अनुसार माग भएको केन्द्रीय कमिटी बैठक बोलाम । त्यहाँबाट निकास खोजौँ । त्यसबीचमा हामीहरु पनि छलफल गरौँ । विधि र प्रक्रियाको कुरा तपाईँले पनि मान्नुपर्छ । विधि र प्रक्रिया मान्दा सानो भइँदैन ।

ओली : अहिले स्थायी कमिटी आवश्यक छैन । केन्द्रीय कमिटी बैठक पनि उचालेर बोलाइएको हो । त्यसैले त्यो बैठक पनि बस्न म सक्दिँन । बरु सचिवालय बैठकसम्म बस्न सकिएला । पार्टी एकता गर्ने तपाईँ र म भएपछि अरु किन चाहियो ? अब स्थायी कमिटी बैठक सकिएको घोषणा गरौँ । केन्द्रीय कमिटी पनि बस्दैन ।

प्रचण्ड : पार्टी एकता गर्दा र त्यसपछिका सबै कुरा मैले त्यागेर यहाँसम्म आएको हो । तपाईँलाई पार्टी फुटाउन दिँइदैन । पार्टी फुटाउने तपाईँको चाहना पूरा हुँदैन । निकासका लागि स्वेच्छाले तपाईँले के छाड्ने, के राख्ने भन्ने निर्णय गर्नुस् । पार्टीलाई एकतावद्ध बनाएर जानुको विकल्प हामीसँग छैन ।

ओली : अर्को महाधिवेशनसम्म अध्यक्ष छाड्ने कुरा हुँदैन । यो कार्यकालका लागि प्रधानमन्त्री पनि छाड्ने कुरा हुँदैन । एक/दुईजना साथीहरुका मन्त्री बनाउनु पर्नेछ भने गरौँ । होइन भने, अब आ–आफ्नो बाटो लागौँ । एकता–एकताको कुरा नगरौँ । तपाईँहरु आफ्नो अनुकूल बढ्नुस्, म पनि अगाडि नै बढ्छु ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...