प्रमुख प्रशाषकीय अधिकृत बन्न महिला कर्मचारीलाई ३ दिनको नयाँ अफर

Samanya prasasan mantralaya bilding

काठमाडौँ । देश संघीय संरचनामा गएको छ । कानुनतः मुलुक समावेशी चरित्रको छ । तर व्यवहारमा त्यस्तो देखिँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो नयाँ अफर ल्याएको छ, जसले महिला कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बन्ने बाटो बनाईदिएको छ ।

तर, विडम्बना यस्तो बाध्यकारी सुचना निकालिएको छ, तीन दिनभित्र निवेदन नदिए उनीहरुले प्रमुख प्रशाषकीय अधिकृत बन्न पाउने छैनन् । अर्थात् बुधबार सुचना प्रकाशित गरिएको छ । शुक्रबारसम्म निवेदन दिइए मात्रै यो बाटो खुल्ला हुनेछ ।

स्थानीय तहको प्रशासनिक नेतृत्वमा महिला वर्गको समेत सहभागिता गराउन आवश्यक भएको भन्दै मन्त्रालयले संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत महिला कर्मचारीलाई प्राथमिकताका आधारमा जान चाहेको स्थानीय तह रहेको जिल्ला छनौट गरी तीन दिनभित्र मन्त्रालयमा आवेदन दिन या इमेल गर्न भनेको हो ।

मन्त्रालयले हाल रिक्त रहेका तथा हेरफेर गर्नुपर्ने स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू व्यवस्थापनको तयारी भइरहेको जनाएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउँदै आएको छ । हाल सात सय ५३ वटा स्थानीय तहहरूमा तीन जना मात्रै महिला प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...