प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरुकाे पत्र बुझ्न किन मानेनन् ?

Oli

काठमाडौंं । केन्द्रीय कमिटीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालयमा पत्र बुझाएका छन् ।

त्यो पत्र उनीहरुले अध्यक्षद्वयलाई नै बुझाउन खोजेका थिए । तर उनीहरुले पत्र बुझ्न आनाकानी गरेपछि महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव गरे ।

महासचिव पौडेलले धुम्बाराही पार्टी कार्यालयमा आउनुस् पत्र त्यही बुझौंला भनेका थिए तर अन्तिममा उनी पनि पार्टी कार्यालय आइदिएनन् ।

पार्टीको आन्तरिक विवादका कारण पार्टी दुई गुटमा विभाजित भइसकेको छ । पार्टीभित्र एउटा प्रचण्ड–माधव नेपालको गुट छ भने अर्को केपी शर्माओलीको गुट रहेको छ । प्रचण्ड–माधव गुटले प्रधानमन्त्री अ‍ोलीको राजीनामा माग गरेको छ भने ओली गुट कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैन ।

यही विवादका करण एक महिनादेखि स्थायी कमिटीको बैठक प्रभावित भएको छ । दुई अध्यक्षको बीचमा कुरा नमिलेका कारण स्थायी कमिटीको बैठक बस्न सकिरहेको छैन ।

हिजो प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा बैठक बसाएका थिए । बैठकले प्रधानमन्त्री ओलीसँग संवाद गरी सहमतिमा पुग्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ ।

हुन त हिजो नै केन्द्रीय सदस्यहरुले स्थायी कमिटीको बैठकमा पत्र बुझाउने तयारी गरेका थिए । बैठकमा अध्यक्षद्धय भएको बेला त्यही गएर पत्र बुझाउने उनीहरुले तयारी गरेपनि हिजोको बैठक सहज रुपमा नबसेकोले तत्काल केन्द्रीय समितिको बैठक माग गरिएको उक्त पत्र लिएर उनीहरु बालुवाटार गएनन् ।

त्यसपछि अध्यक्षद्वयलाई नै बुझाउने तयारीमा उनीहरु जुटे तर नेताहरुले एक्लाएक्लै बुझ्न नमानेपछि विजयकुमार पौडेलले महासचिव पौडेलसँग कुराकानी गरेका थिए । तर उनी पनि पार्टी कार्यालय आइदिएनन् ।

स्थायी कमिटीको बैठक नचाहने प्रधानमन्त्री अ‍ोलीले केन्द्रीय कमिटीको बैठक बसाउने पत्र कसरी बुझ्ने ? बुझेपछि बैठक बसाउनैपर्छ भनेर उनले पत्र बुझ्न नमानेको स्रोतले जनाएको छ । यता, प्रचण्डले त्यो पत्र बुझेको भए गलत सन्देश जाने भएकाले नबुझेको उनी निकट नेताहरु बताउँछन् ।

अहिले केन्द्रीय समितिको बैठक माग गर्ने अधिकांश नेताहरु प्रचण्ड-माधव पक्षका रहेका छन् । पत्र बुझिदिए प्रचण्डहरुले पत्र बुझाउन लागेको आरोप लाग्न सक्ने डरले प्रचण्डले सो पत्र नबुझेको उनी निकटका नेता बताउँछन् । दुई अध्यक्षबाट संयुक्त रुपमा पत्र बुझेको भए त्यसका लागि प्रचण्ड तयार थिए ।

बैठक माग गर्दै हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुको नामावली

१) विजयकुमार पौडेल

२) जगन्नाथ खतिवडा

३) भाष्कर काफ्ले

४) रविन कोइराला

५) नागेन्द्रप्रसाद चौधरी

६) कृष्ण केसी

७) विश्वनाथ प्याकुरेल

८) मुक्ति नारायण प्रधान

९) हिमाल शर्मा

१०) कुमारप्रसाद पौडेल

११) बलावती शर्मा

१२) विजय गुरुङ

१३) गोपीबहादुर सार्की अछामी

१४) गोपाल ठाकुर

१५) दलजित विके श्रीपाइली

१६) ठाकुरप्रसाद गैरे

१७) निरजप्रसाद आचार्य

१८) शिवकुमार मण्डल

१९) सरलाकुमारी यादव

२०) लेखनाथ न्यौपाने

२१) मेटमणी चौधरी

२२) रामकुमार शर्मा

२३) रामचन्द्र झा

२४) पासाङ शेर्पा

२५) दिलीपकुमार प्रजापति

२६)कमानसिंह लामा

२७) उर्मिला अर्याल

२८) दिलकुमारी पन्त

२९) खगराज भट्ट

३०) कल्याणीकुमारी खड्का

३१) झपटबहादुर रावल

३२) रविन्द्र अधिकारी ९पूर्वी नवलपरासी

३३) ममता गिरी

३४) जगप्रसाद शर्मा

३५)  श्रीमाया थकाली

३६) दिनेशकुमार राई

३७) तुलबहादुर गुरुङ

३८) चुडामणि जंगली

३९) श्रीप्रसाद शाह

४०) प्रेमलकुमार खनाल

४१) कृष्णप्रसाद खनाल

४२) श्रीनाथ बराल

४३) सिता गिरी ओली

४४) प्रल्हाद बुढाथोकी

४५) डाचाराम वाग्ले

४६) तिलकुमार मेयाङ्बो

४७) यदुवंश झा

४८) प्रतापलाल श्रेष्ठ

४९) रचना खड्का

५०) रत्नेश्वर गोइत

५१) सुधिर शाह

५२) जगतप्रसाद यादव

५३) महेश रेग्मी

५४) राजेन्द्रकुमार राई

५५) बलदेव चौधरी

५६) राजेन्द्र कार्की

५७) सुदन किराती

५८) टंक आङ्बो हाँङ

५९) जयन्ती राई

६०) युवराज भट्टराई

६१) पार्वती थापा

६२) वामदेव क्षत्री

६३) लक्ष्मण पौडेल

६४) चन्द्रबहादर शाही

६५) राजन दाहाल (लेखनाथ दाहाल)

६६) शत्रुघन महतो

६७)अजयशंकर नायक

६८) झकबहादुर मल्ल

६९) बहादुर बिष्ट

७०) रामकुमरा ज्ञवाली

७१) बिन्दमान विष्ट

७२) भरत शाह

७३) अशोक मण्डल

७४) अन्जना विशुखे

७५) सुमिता कार्की

७६) धर्मशीला चापागाई

७७) रामचन्द्र शाह तेली

७८) केदार न्यौपाने

७९) हरि दाहाल

८०) जोगकुमार वरवरिया यादव

८१) राजु खड्का

८२) प्रकाशहरी पोखरेल

८३) दीपबहादुर योन्जन

८४) रामदीप आचार्य

८५) प्रकाश ज्वाला

८६) पशुपति चौलागाईं

८७) लक्ष्मण पौडेल

८८) विजय भण्डारी

८९) निर्मल आचार्य

९०) रविन्द्र बैठा धोवी

९१) मदनकुमारी शाह (गरिमा)

९२) हरि राई

९३) युवराज चौलागाई

९४) देवशंकर पौडेल

९५) विरोध खतिवडा

९६) शारदाप्रसाद सुवेदी

९७) माधव अर्याल

९८) राजबहादुर बुढा

९९) दिलिप महर्जन

१००) सुरेन्द्र मानन्धर

१०१) जीवन गौतम

१०२) जगप्रसाद शर्मा

१०३) रामप्रित पासवान

१०४) श्यामकुमार श्रेष्ठ

१०५) बसन्तप्रसाद मानन्धर

१०६) दावा तामाङ

१०७) रामप्रसाद सापकोटा (दीपशीखा)

१०८) माधव सापकोटा (सुवोध)

१०९) गणेशकुमार पहाडी

११०) सोम मिश्र

१११) नरेन्द्र कुँवर (विजयसुन्दर)

११२) घनेन्द्र बस्नेत

११३) उमा कोइराला

११४) खगेन्द्र चुडाल

११) जीवनराम श्रेष्ठ

११६) प्रमेश हमाल

११७) शेरबहादुर तामाङ

११८) अरुणप्रसाद नेपाल

११९) तुलाराम घर्ति मगर

१२०) महादेव यादव

१२१) युवराज दुलाल

१२२) धर्मराज निरौला

१२३) शेरबहादुर केसी

१२४) परशुराम तामाङ

१२५) कालीबहादुर मल्ल

१२६) राजेन्द्रप्रसाद पाण्डेय

१२७) धर्मदत्त देवकोटा

१२८) भागवत नेपाली विश्वासी

१२९) गौरा प्रसाईं कोइराला

१३०) दामा शर्मा

१३१) नारायणप्रसाद पौडेल

१३२) रामकुमारी झाँक्री

१३३) सोमप्रसाद पाण्डेय

१३४) अजम्बर राई काङमाङ

१३५) हेमराज भण्डारी

१३६) विष्णु रिजाल

१३७) गंगालाल तुलाधर

१३८) सुरेशकुमार राई

१३९) यज्ञराज सुनुवार

१४०) शालिकराम जमरकट्टेल

१४१) नारायणप्रसाद पौडेल

१४२)  हितबहादुर तामाङ

१४३)प्रकाशबहादुर शाह

१४४) कृष्णप्रसाद सापकोटा

१४५) विमला सुवेदी

१४६) मो.महफूज अन्सारी

१४७) जयपुरी घर्ती

१४८) सत्य पहाडी

१४९) केशव नेपाल

१५०) देवी खड्का

१५१) धर्मनाथप्रसाद शाह

१५२) लालबहादुर बिक 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...