पौडेल समूहको असन्तुष्टिकाबीच देउवाले गरे जेष्ठ राजनीतिज्ञ सभा गठन (नामावलीसहित)

Sher bahadur deuba president nc

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र असन्तुष्टि भएका बेला जेष्ठ राजनीतिज्ञ सभा विस्तार गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समिति तथा विभागहरु विस्तार कार्य रोक्नका लागि आग्रह गरिरहेका बेला देउवाले बुधवार जम्बो सभा गठन गरेका हुन् ।

त्यसो त आज नै वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई विभाग गठन कार्य रोक्न लिखित पत्र बुझाउने तयारी गरेका थिए । पार्टीभित्र छलफल नै नगरी एकलौटी ढंगबाट विभाग गठन गरिएको भन्ने आरोप पौडेल पक्षको रहेको छ ।

पौडेल समूहले पार्टीको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता विपरित हुने भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । सभापति देउवाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिमका ४ सय ७९ मनोनित गरेका हुन् । जसमा तारानाथ रानाभाट(कास्की) दमनाथ ढुंगाना (काठमाडौं) , अबवर बहादुर सिंह (डडेल्धुरा) तथा किशोर नेपाल (बारा) लगायतलाई मनोनित गरेको हो ।
यस्तो छ नामावली

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...