सुनील थापाले छाडे सूर्यबहादुर थापाको साथ, कुमारले दिए पूरै हात (विज्ञप्तीसहित)

Kumar sunil surya bdr thapa

धनकुटा । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्दा धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा गरे । तर, त्यसको तीन दिन नबित्दै थापालाई चुनौती दिँदै सबै राप्रपा एक भएको सन्देश दिएका छन् ।

जिल्लमा निक्कै प्रभावशाली मानिने कुमारबहादुर थापासहितका नेताहरुले पूर्वप्रधानमन्त्री स्व. थापाले लिएको मार्गमा हिड्ने भन्दै सुनील थापालाई चुनौती दिएका छन् ।

कुमारबहादुर थापा स्व. सूर्यबहादुर थापाका भतिजा हुन् । उनी गत वर्षदेखि सुनीलबहादुर थापाको कार्यशैली मन नपरेको भन्दै पार्टीबाट अलग भइ स्वतन्त्र रुपमा बसेका थिए । तर मंगलबार सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेसँगै उनीसहितका राप्रपाका सबै नेताहरुले राप्रपालाई एक बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

आज पूर्व केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कुमारबहादुर थापासहित वर्तमान केन्द्रिय सदस्य हरीप्रसाद घिमिरे, राप्रपा जिल्ला कार्य समिति धनकुटाका उपाध्यक्ष टिकाप्रसाद घिमिरे, क्षेत्रीय अध्यक्षहरु धर्मध्वज राई र श्याम गुरुङसहितका ३२ जना नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै राप्रपाका संस्थापक नेताको रुपमा स्व. थापाले देखाएको बाटोमा अविछिन्न क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् ।

‘पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो । स्व. थापालाई पाँच पटक प्रधानमन्त्री बनाउने धनकुटेली जनता, कार्यकर्ता यसैकारण राप्रपामै एक ढिक्का थियौं, छौं र रहीरहने छौं’ विज्ञप्तीमा भनिएको छ, ‘धनकुटाका जनतालाई टुहुरो हुन दिन्न भन्ने स्व. थापाको वाणीलाई हामीले भूलेका छैनौं ।’

सुनीलबहादुर थापाले आफ्नो बुबाको बाटो बिराएकोमा उनीहरुले आपत्ति जनाएका छन् । ‘व्यक्तिगत निर्णयको छुट सबैमा सुरक्षित रहन्छ । तथापि आफ्नै बुबाको दीक्षा भूलेर राजनीतिक विचलनको बाटोबाट सुनीलबहादुर थापा कहीँ कतै पुग्ने छ्रैनन्’ विज्ञप्तीमा भनिएको छ, ‘आफैंलाई मन्त्री बनाउने साथीहरुलाई अवमूल्यन गर्नु शोभनीय कार्य होइन । त्यसैले सुनीलबहादुर थापाप्रति सहानुभूति प्रकट गर्दै निष्ठा र आदर्शको सच्चा मार्गमा फर्किन आह्वान गर्दछौं ।’

उनीहरुले पूर्वमन्त्री सुनीलबहादुर थापाले कहिले राजतन्त्र त कहिले गणतन्त्र, कहिले धर्म निरपेक्षता त कहिले हिन्दु राष्ट्रको कुरा गर्दै आएको आरोप लगाएका छन् । ‘सुनीलबहादुर थापाको यस्तो अस्थिर र द्वेध चरित्रबाट स्व. थापाकै राजनीतिक चरित्रलाई बदनाम गर्ने कार्य भएको कतै छिपेको छैन’ उनीहरुले भनेका छन्, ‘गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए । यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रुपमा अक्षुण्ण राख्यौं ।’

यस्तो छ विज्ञप्ती
नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ । धनकुटामा जन्मिनु भएका स्व. थापाले पञ्चालयतकालदेखि नै नेपालको समग्र विकासमा पु¥याउनु भएको योगदानलाई अवमूल्यन गर्न सकिन्न । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेताको रुपमा उहाँले देखाएको बाटोमा हामी अविछिन्न क्रियाशील छौं ।

तर, उहाँकै छोरा पूर्वमन्त्री सुनीलबहादुर थापाले कहिले राजतन्त्र त कहिले गणतन्त्र, कहिले धर्म निरपेक्षता त कहिले हिन्दु राष्ट्रको कुरा गर्दै आएका छन् । सुनीलबहादुर थापाको यस्तो अस्थिर र द्वेध चरित्रबाट स्व. थापाकै राजनीतिक चरित्रलाई बदनाम गर्ने कार्य भएको कतै छिपेको छैन । गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए । यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रुपमा अक्षुण्ण राख्यौं ।

हाम्रो अथक प्रयासका बाबजुद सुनीलबहादुर थापासहित केही व्यक्तिहरु स्व. थापाको आदर्शलाई तिलाञ्जली दिएर अहिले गलत बाटोमा लागेका छन् । राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमितिहरु भंग गरिएको कुप्रचारलाई यसै सन्दर्भमा हामी घोर भत्र्सना गर्दछौं । प्रचारमा ल्याइएका व्यक्ति वा समितिहरु सुनीलबहादुर थापाले खल्तीबाट झिकेका नक्कली सूची हुन् । राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन् । कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रष्ट पार्न चाहन्छौं । सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं ।

पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो । स्व. थापालाई पाँच पटक प्रधानमन्त्री बनाउने धनकुटेली जनता, कार्यकर्ता यसैकारण राप्रपामै एक ढिक्का थियौं, छौं र रहीरहने छौं । धनकुटाका जनतालाई टुहुरो हुन दिन्न भन्ने स्व. थापाको वाणीलाई हामीले भूलेका छैनौं । व्यक्तिगत निर्णयको छुट सबैमा सुरक्षित रहन्छ तथापि आफ्नै बुबाको दीक्षा भूलेर राजनीतिक विचलनको बाटोबाट सुनीलबहादुर थापा कहीँ कतै पुग्ने छ्रैनन् । आफैंलाई मन्त्री बनाउने साथीहरुलाई अवमूल्यन गर्नु शोभनीय कार्य होइन । त्यसैले सुनीलबहादुर थापाप्रति सहानुभूति प्रकट गर्दै निष्ठा र आदर्शको सच्चा मार्गमा फर्किन आह्वान गर्दछौं ।

राप्रपामा संगठित सम्पूर्ण सहयोद्धाहरु, पार्टीका समर्थक, शुभचिन्तक धनकुटेली जनतालाई विचलित नहुन र एकढिक्का रहीरहन राप्रपाका निम्न पदाधिकारी सदस्यहरु आह्वान गर्दछौं ।

१. कुमारबहादुर थापा, पूर्वकेन्द्रीय सदस्य तथा अध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
२. हरीप्रसाद घिमिरे, केन्द्रीय सदस्य
३. टिकाप्रसाद घिमिरे, पूर्वउपाध्यक्ष, जिल्ला कार्य समिति, धनकुटा
४. धर्मध्वज राई, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं १, धनकुटा
५. श्याम गुरुङ, क्षेत्रीय अध्यक्ष, क्षेत्र नं २, धनकुटा
६. लक्ष्मी थापा, जिल्ला सदस्य, धनकुटा
७. रेवतराम भण्डारी, जिल्ला सदस्य, धनकुटा
८. चन्द्र याख्या, जिल्ला सदस्य, धनकुटा
९. शंकर थापा, जिल्ला सदस्य, धनकुटा
१० पवित्रा श्रेष्ठ, जिल्ला सदस्य, धनकुटा
११. दुर्गा पुरी, जिल्ला सदस्य, धनकुटा
१२. टेकबहादुर सारु, जिल्ला सदस्य, धनकुटा
१३. लोकेन्द्र घिसिङ, जिल्ला सदस्य, धनकुटा
१४. रेगेन्द्र लिम्बु, जिल्ला सदस्य, धनकुटा
१५. नरेन्द्र राई, जिल्ला सदस्य, धनकुटा
१६. गर्जमान राई, जिल्ला सदस्य, धनकुटा
१७. चन्द्र गुरुङ, जिल्ला सदस्य, धनकुटा
१८. रमेश चापागाई, क्षेत्रीय सदस्य, धनकुटा
१९. नगेन्द्र पौडेल, क्षेत्रीय सदस्य, धनकुटा
२०. नगेन्द्र अधिकारी, क्षेत्रीय सदस्य, धनकुटा
२१. कृष्ण थापा, अध्यक्ष, पाख्रीबास नगर समिति, धनकुटा
२२. थामबहादुर राई, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२३. लोकबहादुर विश्वकर्मा, नगर समिति सदस्य, पाख्रीबास, धनकुटा
२४. प्रकाश लिम्बु, सदस्य
२५. डिल्ली लिम्बु, सदस्य
२६. चोलेन्द्र गिरी, सदस्य
२७. रामप्रसाद वस्ती, सदस्य
२८. भीम खतिवडा, सदस्य
२९. गणेशबहादुर कार्की, सदस्य
३०. उपेन्द्र कार्की, सदस्य
३१. गणेश गिरी, सदस्य
३२. ढकबहादुर थापा, सदस्य

लगायत सम्पूर्ण जिल्ला, क्षेत्रीय, नगर, गाउँपालिका, वडा प्रमुख तथा सदस्यहरु

२०७७/४/१३

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...