गौतम निवासमा ओलीको पाइला, गौतमको प्रस्तावमा भयो त सहमति ?

Kp oli bamdev gautam

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेर फर्किएका छन् ।

गौतमले पार्टी विग्रह रोक्न भन्दै आजै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीले उनकै निवासमा भेट्न भैँसेपाटी पुगेका थिए ।

गौतमले यो प्रतिनिधिसभाको समयावधीभर नै ओली प्रधानमन्त्री र अध्यक्ष रहने र महाधिवसनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्इक्ष बनाउने प्रस्ताव पेश गरेका थिए । गौतमले मन्त्रिपरिषदका काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने तर, कुनै निकायमा नियुक्ती गर्दा पार्टीको सहमतिमै गर्ने प्रस्ताव पनि पेश गरेका थिए ।

६ बुँदे सार्वजनिक गरे पनि उपाध्यक्ष गौतम प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि भैंसेपाटी पुगेका थिए । गौतम निवासमा अन्य नेताहरुलाई पनि बोलाइएको तियो । सो भेटमा पार्टी इकताका विषयमा छलफल गरिए पनि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा लाग्न आग्रह गरेको स्रोतको भनाई छ । गौतमले राखेको प्रस्तावमा पनि केहीवेर छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस