प्रचण्ड–नेपाल पक्षको निर्णय ओलीले बैठक रोक्नु पार्टी विधानविपरीत, अनुचित

Pachanda

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारको पार्टी स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टी विधानविपरीत भएको निर्णय गरेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक अर्का अध्यक्ष प्रचण्डसँग सहमतिबिना नै स्थगित गरेपछि प्रचण्ड(नेपाल पक्षका नेताहरूले बालुवाटारमा बैठक गरेका थिए।

‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो। जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरूसँग भने आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

श्रेष्ठले प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गरे पनि उनी नआएपछि आजको बैठक बसेको बताए।

बैठकमा सहभागी हुने निम्तोलाई उहाँले स्वीकार्नु भएन। त्यसपछि हामी बैठक बसेका हौं श्रेष्ठले भने। पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको उनले बताए।

सकभर सहमतिकै माध्यमबाट अहिलेको समस्या समाधान गर्न दुई अध्यक्षबीच छलफल हुन्छ। हामी पनि अध्यक्ष र अरू कमरेडसँग छलफल गर्छौं,’ श्रेष्ठले भने,‘हामी हरहालतमा एकताको रक्षा गर्ने पक्षमा छौं। हतारमा छिटो छिटो निर्णय गर्न चाहन्नौं।’

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन्। प्रचण्ड नेपाललाई भीम रावलले भने हाम्रा टाउका गनेर तपाईंहरू पदको बार्गेनिङ गर्न थाल्नुभयो

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी विवाद नीति र सिद्धान्तलाई छाडेर पदमा केन्द्रित भएको बताएका छन्। बालुवाटारमा मंगलबार भएको अध्यक्ष केपी शर्मा ओलीइतरका बहुमत स्थायी कमिटी सदस्यको बैठकमा बोल्दै रावलले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पदका लागि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरिरहेको बताए।

तपाईंहरू हाम्रा टाउका गन्ने र पदको बार्गेनिङ गर्ने गर्न थाल्नुभयो रावलले भने पदबाहेक अरू कुरालाई गौण बनाइएको छ। यही ताल हो भने सधैं साथ दिन गाह्रो हुन्छ।’ यसअघि बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई जोगाइ राख्न आफूले दिएका ६ सुझावलाई आत्मसात् गरेर अघि बढ्नु पर्ने बताएका थिए।

बैठक बोल्दै अध्यक्ष प्रचण्डले अहिले धेरै उत्तेजित हुन नहुने बताएका थिए। संवादका लागि प्रयास जारी राखौं, धेरै उत्तेजित नबनौं। पार्टी एकतालाई आघात पर्ने काम नगरौं प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘यो बैठकलाई स्थायी कमिटी बैठक नभनौं बहुमत स्थायी कमिटी सदस्यको बैठक भनौं।

ओली पक्षका नेताहरूले बालुवाटार भइरहेको ओलीइतर समूहको बैठकमा बहुमत सदस्य नभएको दाबी गर्दै त्यो बैठक नभई खुमलटारमा हुनेजस्तै भेला भएको बताएका थिए।

बालुवाटारमा वामदेवले भने मेरो प्रस्तावअनुसार पार्टी अगाडि बढाउनु पर्छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई मजबुद् बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नु पर्ने बताएका छन्।

मंगलबार दिउँसो बालुवाटार भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतर बहुमत सदस्यको स्थायी कमिटी बैठकमा बोल्दै वामदेवले आज बिहान आफूले सार्वजनिक गरेका सुझावका बुँदालाई मानेर जानु पर्ने बताएका हुन्।

गौतमले मंगलबार बिहान दुई अध्यक्षलाई विभिन्न ६ बुँदामा सुझाव दिएका थिए। गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ। उनले मन्त्रिपरिषद् पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने गौतमले भनेका छन् संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।

साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने उनले भनेका छन्।गौतमका सुझाव अध्यक्ष केपी शर्मा ओलीलाई सघाउ पुर्‍याउने खालका छन्।

प्रतिकृया दिनुहोस