मन्त्रिपरिषद बैठक बस्दै

Ncp 1

मन्त्रिपरिषद बैठ आज (सोमबार) बस्दै छ । आज बस्ने बैठकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिबारे निर्णय गर्ने तयारी भएको छ भने नियमित एजेण्डमाथि पनि छलफल हुने बताइएको छ ।

राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् भने सिफारीस समितिले तीन जानको नाम पेश गरेको छ ।

समितिले निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगरको नाम नयाँ सदस्यसचिवका लागि पेश हुने छ ।

नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ती प्रक्रिया अगाडि बढेको हो । प्रधानमन्त्री केपी ओली निकट सिलवाल फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

आजको बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने तयारी गरिएको छ । गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...