ओली र प्रचण्ड किन पुगे शितल निवासमा ?

Kp prachanda

काठमाडौं । नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठकमा भएको छलफल लगत्तै अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेट्नुको कारण भने खुलाइएको छैन ।

पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ । सत्तारुढ पार्टीको विवादलाई राष्ट्रपति भण्डारीले नजिकबाट नियालिरहेकी छन् ।

बालुवाटारमा चार घण्टासम्म चलेको सचिवालय बैठकले ठोस निर्णय नगरे पनि सहमतिबाटै पार्टी भित्रको संकट समाधान गर्ने विषयमा व्यापक छलफल भएको छ । जुन विषयको टुंगो स्थायी कमिटीबाट लगाउने गरी शनिबारको सचिवालय बैठक टुंगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...