स्थानीय तहका कर्मचारीको अन्तर जिल्ला सरुवा, को कहाँ परे ? सुचीसहित

Samanya prasasan mantralaya bilding

काठमाडौँ । लोकसेवा आयोगको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना स्थानीय तहका कर्मचारीको अन्तर जिल्ला सरुवा गरेको छ ।

सुरुमा स्थानीय तहको माग संकलन गरेर आयोग पठाएको मन्त्रालयले आयोगको नतिजा नआउँदै समायोजन भएका कर्मचारीलाई खटाएपछि स्थानीय तहले कर्मचारी हाजिर नै गराएका थिएनन् । यसरी हाजिर नगराइएका सयौँ कर्मचारीहरूको हकमा पहिलो चरणमा मन्त्रिपरिषदबाट अन्यत्र कामकाज खटाउने सक्ने निर्णय गरेको भए पनि हाल भने मन्त्रालयले यसलाई परम्परा र नियमित काममै राखेको छ ।

आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारीहरूलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको तर दरबन्दी पूर्ति हुँदा ती स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीलाई सचिव स्तरीय निर्णयबाट कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहका कर्मचारीलाई सरुवा गर्ने कुनै कानुन नै नभएको अवस्थामा दोहोरो सहमति भन्दै धमाधम सरुवा गर्न थालेपछि थप चलखेल र विकृति सुरु भएको सामान्यकै एक उच्च अधिकारी बताउँछन् । यसले पहुँच र पैशामा मात्रै सरुवा हुने निजामतीको रोग स्थानीय तहमासमेत सल्किदै थप भद्रगोलको अवस्था सिर्जना हुनसक्ने उनको भनाई छ ।

हेर्नुहोस् सूची

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...