नेकपा स्थायी कमिटिको बैठक फेरि दुई दिनका लागि स्थगित

Ncp meetin g1

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक फेरि दुई दिनका लागि स्थगित गरिएको छ। यसअघि आजै दिउँसो तीनबजे सम्मका लागि स्थगित गरिएको बैठक फेरि चार गते तीन बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी स्थायी कमिटिको बैठक आज दिउँसो तीन बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते तीन बजे हुनेगरी तोकिएको जानकारी दिएका छन्।

केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल खेमाको माग छ। तर ओलीले उक्त माग लत्याएका छन्। बिहीबार भएको छलफलमा दाहाल र नेपालले राजीनामा दिन आग्रह गर्दा ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...