नेकपा विवाद : प्याकेजमा सहमति खोज्ने प्रयास, लम्बियो अध्यक्षद्धयको संवाद

Oli dahal 23

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच वार्ता हुन छाडेको छ । यद्यपि नेताहरुले भने सरकारको कामकारवाहीसँगै समग्र पार्टी र नेतृत्वको व्यवस्थापनबारे प्याकेज सहमतिको पहल सुरु भएको बताएका छन् ।

प्याकेजमा सहमति खोजिने प्रयास भइरहेका कारण पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल लम्बिएको नेताहरुले बताएका छन् ।

सरकार सञ्चालन, नेताहरुको जिम्मेवारी बाँडफाँड, एकीकरण प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने जस्ता बिषयमा दुई अध्यक्षबीच छलफल केन्द्रीत भएकाले बैठक लम्बिएको अध्यक्ष दाहाल निकटका एक नेताले बताए । तर, कुन आधारमा प्याकेजमा सहमति गरिने भन्ने विषयमा हालसम्म छलफल भएको छैन ।

स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरिरहेका बेला समग्र पार्टीको व्यवस्थापन र सरकार सञ्चालनबारे छलफल केन्द्रीत भएको हो । दुई अध्यक्षबीच आज पनि छलफल हुने तय भए पनि समय निश्चित भई नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दुई अध्यक्ष बीचको छलफल लम्बिदा स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । प्रचण्डसहितका शीर्ष नेताहरुले प्रधानमन्त्रीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् भने प्रधानमन्त्री ओली कुनै पनि पदबाट राजीनामा नदिने पक्षमा छन् । जसका कारण नेकपा हाल न ज्यूदो न मृत जस्तो अवस्थामा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...