चट भयाे सरिता गिरीको सांसद पद

Saritagiri chatnews

काठमाडौं । जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको संसद सचिवाललये विज्ञप्तिमा जनाएको छ ।

जनता समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीबाट निश्काशन गरिएको सूचनासहितको पत्र संसद सचिवालयलाई पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम गिरीको पद रिक्त भएको संसद सचिवालयका महासचिव डा.भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ ।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन् । उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन् ।

त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन् । गिरीले उक्त पार्टीको सिफारिसमा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी थिइन् ।

pada 840x1000

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...