भारतीय मिडियाले सीमा नाघे : श्रेष्ठ

Nkshresthaprakash

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी दिएका छन् ।

श्रेष्ठले भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरिरहेको भन्दै यस्तो प्रचार बन्द गर्न चेतावनी दिएका हुन् ।

श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’

त्यस्तै श्रेष्ठले नेपालको राष्ट्रिय सार्वमौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति एक ढिक्का भएको पनि दावी गरेका छन् ।

‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले विदेशीको फुटाउ र राज गर भन्ने नीति सफल हुन पनि नदिने बताएका छन् ।

‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो’, श्रेष्ठको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...