सांसद आलेले वनका अध्यक्षलाई दिए धम्की, टाउको तल गरेर कुरा गर (भिडियाेसहित)

Prem

कैलाली । सांसद प्रेम आलेले जनतलाई अपशब्द प्रयोग गरी अपमान गरेको भिडियो प्राप्त भएकाे छ।

कैलालीस्थित विभिन्न सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन कार्यक्रमको स्थलगत अनुुगमन गर्न छानविन उपसमिति समितिका संयोजक प्रदिप यादवसहित पुगेका उनले अनुुगमनका क्रममा वन कर्मचारीलाई अपशब्द प्रयोग गरेको हाे ।

वैज्ञानिक वनको नाममा अत्यधिक फडानी भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले संसदीय छानबिन उपसमिति बनाएको थियो।

डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आले सोही उपसमितिका सदस्य रहेका छन्। त्यही समितिबाट अनुगमन गर्न कैलाली पुगेर बोलेको अपशब्दका कारण यतिबेला आलेको चौतर्फी आलोचना भइरहेको छ।

उक्त भिडियोमा उनले ‘तपाई जंगल मासेर बर्ता कुरा गर्ने हैन है, बढी कुरा गर्ने हैन। टाउको तल गरेर कुरा गर। जंगल फाड्ने अझै ठुला कुरा गर्ने’ भनेको देखिन्छ। उनले यी कुरा भनेर जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपारेका थिए।

अनुगमन गर्न पुगेका उनले गालीसहित धम्कीको शैलीमा उत्रिएपछि वनका पदाधिकारी र वन कर्मचारी त्रसित भएका छन्। त्यसबारे सामुदायिक वनका अध्यक्ष गिरीले सरकारले लागू गरेको वैज्ञानिक वन कार्ययोजना अनुसार नै काम गरिरहेको बताए। तर काम गर्दागर्दै पनि सासंद आलेले सबैको सामु अमानवीय ढंगले झपारेकोमा उनले दुःख व्यक्त गरे।

यस विषयमा सांसद आलेको प्रतिक्रिया बुझ्न सम्पर्क गर्न खोज्दा गर्दा उनको फोन सम्पर्क हुन सकेन।

Video

प्रतिकृया दिनुहोस