जनता समाजवादीमा सरिता गिरी ‘आउट, लीला सिटौला ‘इन’

Lila sitaula

काठमाडौँ । सांसद सरिता गिरीलाई सांसद पदबाट निष्कासन गरेपछि समाजवादी पार्टीले लीला सिटौला प्रसाईंलाई सांसद बनाउने भएको छ ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई निष्कासन गरेपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसर पाउने भएकी हुन्। सिटौला झापा निवासी हुन् ।

समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ ।

सरकारले नेपालको नयाँ अध्यावधिक नक्सा जारी गर्ने घोषणा गरे लगत्तै देखि देशहित विरुद्ध बोल्न थालेकी गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयककाविरुद्ध संशोधन दर्ता गराएकी थिइन् ।

गिरीको उक्त निर्णय फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उनले नमानेपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

Video

प्रतिकृया दिनुहोस