ओली र प्रचण्डबीच डेढ घण्टा वार्ता, के आयो नयाँ कुरा ?

Oli dahal 23

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । बेलुकी पाँच बजेदेखि साँढे ६ बजेसम्म भएको भेटवार्तामा कुनै सहमति भने हुन सकेन ।

झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् । दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता पार्टीमा देखिएको विवाद समाधानमा केन्द्रित थियो । निर्णायक संवाद सुरु गरिएको भनिएको ओली–प्रचण्ड छलफलमा पार्टी एकताका बखत भएको सहमतिको कार्यान्वयनकै सन्दर्भमा कुराकानी भएको छ ।

यसअघि, मंगलबार अढाई घण्टा छलफलमा बसेका ओली र प्रचण्डले बुधबार पनि संवादलाई निरन्तरता दिएका हुन् । स्थायी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्र प्रष्ट दुई धार देखिएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिइरहँदा ओलीले सरकार र पार्टीको नेतृत्व दुवै नछाड्ने अडान लिइरहेका छन् । ओलीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि नेकपामा शंका–उपशंकाको श्रृंखला उत्कर्षमा पुगेको छ ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीलाई दुई पद छाडेर आराम गर्न दबाब दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...