नेकपाको स्थायी कमिटी बैठक सरेको सर्‍यै, अब २६ गते बस्ने

Nekapa ma kurci bibad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारदेखि पटक पटक स्थगित हुँदै आएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमहल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा आजका लागि तय भएको थियो । तर, आज पनि अन्तिममा बैठक स्थगित गरिएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक अध्यक्षद्वय ओली र प्रचण्ड बीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको हो । असार १० देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

जारी स्थायी कमिटी बैठकमा अधिकांस नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाटै ओलीको राजीनामा माग गरेपछि नेकपा फुटको संघारमा पुगेको छ । त्यसलाई रोक्नका लागि दोस्रो तहका नेताहरुले दिनहुँ पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् भने उनीहरुले शीर्ष नेताहरुको घर पनि घेराउ गर्ने चेतावनी दिइरहेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस