प्रदेश नं. १ मा ११ हजार प्रहरी दरबन्दी खुल्ला गर्ने प्रदेश सरकारको तयारी

Police 23

विराटनगर । कोरोना भाइरसको संक्रमणका काराण लामो बेरोजगारको संख्या बढ्ने अवस्था आइरहेका बेला प्रदेश सरकारले भने नेपाल प्रहरीमा ठूलो संख्यामा दरवन्दी खुलाउने भएको छ ।

प्रदेश १ सरकारले प्रदेशमा ११ हजार प्रहरी दरबन्दी रहने गरी प्रदेश प्रहरी विधेयक संसदमा पेस गरेको छ । यो विधेयक पास भएसँगै नेपाल प्रहरीमा नयाँ रोजगारी खुल्ने पक्कापक्की हुनेछ ।

विधेयक पेस गर्दै कार्कीले संघबाट ११ हजार प्रहरी समायोजन भएर आउने र सोही अनुसारको प्रदेशमा दरबन्दी कायम हुने छ । समायोजन प्रक्रिया चैत्रबाट सुरु गर्ने भनिए पनि लकडाउनको कारण अगाडि बढ्न सकेको थिएन ।

प्रदेश सरकारले पेस गरेको विधेयकमा अतिरिक्त दुईवटा वरिष्ठ पद रहने प्रस्ताव गरिएको छ । संघबाट समायोजन भएर आउने प्रहरीका लागि प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पद थप गर्ने प्रस्ताव गरिएको छ ।

मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकम प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट मन्त्री हिक्मत कार्कीले संसदमा प्रदेश प्रहरी विधेयक पेस गरेका हुन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन र सुपरिवेक्षण संघीय कानुन बमोजिम हुने व्यवस्था छ । मन्त्री कार्कीले संघीय कानुन अनुसारसँग नबाझिने गरी प्रदेशको कानुन ल्याएको बताए । संघबाट प्रहरी समायोजन भएर आउनु अघि नै ऐन निर्माण भएको अवस्थामा प्रहरी परिचालन गर्न सजिलो हुने कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...