कारवाहीमा सरिता गिरी : न रह्यो सांसद पद, न रह्यो पार्टी सदस्यता

Sarita giri karwahi

काठमाडौं । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पार्टीको साधारण सदस्य निष्कासन गर्ने निर्णय गरेको छ ।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...