दुई दिन पनि टिक्न सकेन कार्यदल, ‘वान टु वान’ वार्ताबाटै गेम फाइनल गरिने

Oli prachanda jod

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले संवादमार्फत निरुपण गर्ने भएका छन् ।

आइतबार मात्रै पार्टी अध्यक्ष र अन्य नेतृत्वहरुको मनोभावना, पार्टीको कार्यदिशा आदी विषय समावेश गरी सहमतिको खाका पेश गर्न अनौपचारिक रुपमा कार्यदल गठन गरिएको थियो । तर कार्यदल दुई दिन पनि टिक्न सकेन । सो कार्यदलको गतिविधि नै विवादास्पद भएको भन्दै भंग गर्न दुवै अध्यक्ष सहमत भएका छन् ।

तर, कार्यदल मार्फत विवाद समाधन खोज्दा विषयवस्तु थप गिजोलिन थालेपछि दुई अध्यक्षले ‘वान टू वान’ मार्फत टुंगो लगाउने सहमति भएको हो । अब पार्टीभित्रका सबै विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षको काँधमा पुगेको छ ।

अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो । ‘आज दुई अध्यक्ष बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गुर्नभयो । अर्को दिन फेरि छलफल हुनेगरी सकिएको छ’, अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीका विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनु हुनेछ । छलफल सकारात्मक हुँदै गएको छ ।’

दुवै पक्षका आ–आफ्ना अडानमा सहमतिको विन्दु कहाँ भेटिन्छ भनेर महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनको एक कार्यदल बनाएका थिए । यी चारै जना नेताहरु आइतबार बिहान अध्यक्ष ओली र प्रचण्डबीच भएको वार्तामा पनि सहभागी थिए ।

वार्तामा रहेका नेताहरुले दुई अध्यक्षबीच कति विषय सहमति नजिक पुग्न सकिन्छ भनेर खाका बनाएका थिए । सो खाका नै विवादित भएपछि कार्यदल भंग गरी अध्यक्ष ओली र प्रचण्डले वान टु वान संवाद गरेर विवाद समाधान गर्ने तय गरेका छन् ।

चारै नेताले दुवै अध्यक्षका अडानका बीचमा सहमतिको विन्दु बनाएर एजेण्डा बनाएका थिए । सो कार्यदलले शीर्ष नेताहरुलाई पार्टीभित्र कसरी व्यवस्थापन वा जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा खाका तयार पारेका थिए । खाका तयार हुँदा नहुँदै बाहिरिएपछि कार्यदल नै विवादित बनेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...