ओली–दाहाल भेट सकारात्मक बन्दै, लचक बन्न थाले दुबै अध्यक्ष

Dahal oli vet

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएका विवाद समाधानका लागि बल्ल विषयवस्तुमा प्रवेश गरेका छन् । यसअघिका भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानका लागि ठोस छलफल भएका थिएनन् ।

बिहान करिब १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीचको वार्तामा बसेका थिए । करिव डेढ घन्टासम्म चलेको वार्ता सकारात्मक भएको भनिए पनि कुनै समझदारी भएको तथा निश्कर्ष निस्केको छैन । तथापि दुवै अध्यक्ष लचक बनेका छन् ।

आज नेताहरुबीच भएको वार्तामा पाटीभित्र देखिएको विवाद समाधान उन्मुख देखिएको छ । नेता कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न शीर्ष नेताहरु लचक रुपमा प्रस्तुत हुन थालेका छन् ।

विगतको तुलनामा प्रधानमन्त्री ओली थप गम्भीर देखिएका थिए । उनले पार्टीमा उठेका विषयवस्तुप्रति आफू गम्भीर रहेको बताएका थिए । दुई नेताहरुबीच भएको वार्तामा अहिलेसम्म उठेका विषयवस्तुमा छलफल भएको छ ।

पार्टीमा प्रधानमन्त्रीको राजीनामा माग भइसकेको विषयमा प्रचण्डले कुरा राखेका थिए । पार्टी निर्णय मान्नुपर्नेमा प्रचण्डको जोड थियो ।

आइतबार दिउँसो आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित दुई अधयक्षबीच भएको वार्ता निश्कर्षबिना नै टुंगिएको थियो । सोमबार बोलाइएको स्थायी समितिको बैठक स्थगित गरेर दुवै अध्यक्ष वार्तामा बसेका थिए ।

पार्टीको एकता बचाउन युवा नेताहरुको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन् । दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन् ।

उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहितका युवा नेताहरू यतिबेला एकता बचाउनका लागि दुवै पक्षसँग सम्मवादमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएपछि अवस्था झन् जटिल बनेको हो । सचिवालयका बहुमत सदस्य र स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो ।

आइतबार पनि बिहानदेखि बेलुकासम्म नेकपाका नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटेका थिए । आइतबार तीनजना शीर्षहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिले पनि पार्टीको आन्तरिक झगडा बढी उचालेर अस्थिरता ननिम्त्याउन सुझाव दिदै मिलेर अघि बढ्न सल्लाह दिएकी थिइन् ।

तीनैजना नेताहरुले पार्टी विवादमा राष्ट्रपतिलाई तान्‍ने प्रयास गलत भएको उल्लेख गर्दै पार्टीलाई समेत उपेक्षा गर्दै पेलेर अघि बढ्ने प्रधानमन्‍त्री ओलीको प्रवृत्तिको कारण यस्तो अवस्था आएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...