फेरि सर्‍यो नेकपाको स्थायी कमिटी बैठक, कहिले बन्ला शीर्ष नेताहरुबीच सहमति ?

Nekapa ma kurci bibad

काठमाडौं । शीर्ष नेताहरुबीच सहमति बन्न नसक्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

वार्ता र सहमतिका लागि भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो । तर शीर्ष नेताहरुबीच सहमति बन्न नसक्दा असार २२ गते सम्मका लागि बैठक स्थगित भएको हो ।

अध्यक्षद्वयबीच वार्ता र संवाद जारी राख्नका लागि भन्दै स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।

आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुने तय भए पनि अहिलेसम्म हुन सकेको छैन । नेकपाका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस