संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य, एमसीसी पास गर्ने योजना अधूरै

Bidhya bhandari naksa 4

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन् । बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाइएको थियो । सोही सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार साँझ ५ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ ।

चालु अधिबेसनमै एमसीसी पास गर्ने योजना थियो । तर, अधिवेसन अन्त्य भएसँगै एमसीसी पनि संसदबाट पास गर्ने सरकारी योजना असफल भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...