राज्यको दमन रोक्न समाजवादी कांग्रेसले लडाकु दस्ता बनाउने

Nepali congress samajbadi flag

काठमाडौं । संवैधानिक प्रजातन्त्र, विषेषाधिकार सहितको राजसंस्था र हिन्दुराज्य पुनर्थपनाको माग गर्दै आएको नेपाल समाजवादी कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ ।

समाजवादी कांग्रेसले नोपलमा गणतन्त्र आइसकेको भए पनि लामो समयदेखि संवैधानिक प्रजातन्त्र, विषेषाधिकार सहितको राजसंस्था, हिन्दुराज्यको पुनर्थापना, समाजवादी अर्थनीति र स्थानीय स्वाशासन हुने व्यवस्थाको माग गर्दै आएको छ ।

सो पार्टीले केही समयअघि मात्रै राजासहितको प्रजातन्त्र रहनेगरी आफ्नै नयाँ संविधानको खाका सार्वजनिक गरेको थियो । सो पार्टीले देशको रक्षार्थ र राष्ट्रघात हुने सबैप्रकारमा सम्झौताको खारेजीको माग गर्दै सडक आन्दोलनमा जाने निर्णय गरेको छ ।

केही दिनअघि काठमाडौंमा बसेको केन्द्रिय समिति बैटकले एमसीसीको खारेजी, २०३३ सालपछि विदेशीलाई दिइएका सबै प्रकारका नागरिकताको खारेजी र सरकारले ल्याउन लागेको विवादास्पद नागरिकता विधेयकको विरोधमा सडक संघर्ष गर्ने निर्णय गरेको सचिव मानबहादुर गुरुङले बताए । यद्यपि सडक आन्दोलनको मिति भने घोषणा गरिएको छैन ।

सो पार्टीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको सो बैठकले देशको राष्ट्रियताको रक्षा, समाजवादी अर्थ व्यवस्था, कोरोनाको बढ्दो संक्रमण र यसको नियन्त्रण र पार्टीको भावी कार्यदिशाबारे पनि छलफल भएका थियो ।

सो बैठकले सडक आन्दोलनका लागि आवश्यक पर्ने श्रोत र सामग्री तयारी गर्ने, देशका विभिन्न स्थानबाट आन्दोलन सुरु गर्ने, जनताहरुलाई व्यापक सहभागी गराउने सेवा र सुरक्षाको निकायमा भाईचारा सम्बन्ध विकास गर्ने, राष्ट्रियताका मुद्दामा राष्ट्रवादी शक्तिहरुबीच कार्यगत एकता गर्दै जाने, राज्यबाट हुने सबै प्रकारका दमनका विरुद्ध आवाज उठाउन लडाकु दस्ता तयारी अवस्थामा राख्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...