नयाँ दल नेकपा एमालेमा २१ जना पदाधिकारी, को को छन् ? (नामसहित)

Nirbachan aayog

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

यतिसम्मकी नेकपा एमाले नामको पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता गराइएको पनि भनियो । मंगलबार स्थायी कमिटी बैठकमा त नयाँ पार्टी दर्ता ओलीले नै गराएको हो भने उपाध्यक्ष वामदेव गौतमले प्रमाण पेश नै गर्न खोजे ।

त्यति बेलासम्म नयाँ पार्टीको रुपमा दल दर्ताको प्रक्रियामा रहँदा को को छन् भन्ने थाहा थिएन । तर, असार १४ गते निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको निवेदनमा २१ जना पदाधिकारी रहेको सार्वजनिक भएको छ ।

आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरुको नाम, विधान, घोषणापत्र, विनियमावली लगायतका कागजातहरु, झण्डा, चिह्न पनि पेश भइसकेको आयोगले जनाएको छ ।

नेकपा एमाले दर्ताका लागि दिएको निवेदनमा अध्यक्षमा सन्ध्या तिवारी (विराटनगर–६ मोरङ), उपाध्यक्षमा भगवती खड्का (रामेछाप) र महासचिवमा मनिस कुमार उपाध्यक्ष (जनकपुर) रहेका छन् ।

यसैगरी सचिवहरुमा अस्मिता सुनार (खोटाङ), दावा लामा (सर्लाही), जयराम राउत (रौतहट), खगेन्द्र प्रसाद भुषाल (पर्वत), राधा पुरी (अर्घाखाँची), हिराबहादुर बोहोरा (डोल्पा) र तारादेवी शाही (बाझुरा) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पवन विष्ट (स्युचटार, काठमाडौं), निलम पोखरेल (झापा), किरण लामिछाने (गोठाटार, काठमाडौं), उमेश महत्तो (सर्लाही), उषाकुमारी झा (धनुषा), प्रदिपराज गिरी (गोठाटार, काठमाडौं), पूर्णीमा तामाङ (काभ्रे), निश्चित बस्नेत (सिरहा) र सञ्जिब विष्ट (गोठाटार, काठमाडौं) नेकपा एमाले पदाधिकारीहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...