एक घण्टामै स्थगित भयो नेकपाको सचिवालय बैठक, प्रधानमन्त्री ओलीको राजीनामा माग

Nekapa ma kurci bibad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको छ ।

नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित भएको हो । कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य छन्त्यालको बिहान उपचारका काठमाडौंको गंगालाल अस्पतालमा निधन भएको थियो ।

आजको बैठकमा ५ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य लिलामणि पोखरेल र मात्रिका यादवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

एनके प्रसाईँ, पेशल खतिवडा र योगेश भट्टराईले वार्ता र संवादबाटै नेतृत्वले निकास निकाल्नु पर्नेमा जोड दिएका थिए ।

त्यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा भोलिसम्मका लागि स्थगित गरेर वार्ता गर्ने विषयमा छलफल भएको थियो । त्यसैअनुसार आजको बैठक स्थगित गरेर भोलि बिहान ११ बजे फेरि स्थायी कमिटी बैठक बस्ने तय भएको बताइको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...