आफ्नैबाट धोका खाँदै ओली, पार्टी एकता बलियो बनाउन दिए ओलीलाई सुझाव

Yogesh bhattarai kp oli

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरुले पार्टी एकता कायम राख्न सुझाव दिएका छन् ।

आज बुधबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली सुझाव मागेका हुन् ।

प्रधामन्त्री ओलीले सुझाव मागेपछि सहभागी मन्त्रीहरुले कोरोना महामारी जारी रहेको र अझै धेरै आर्थिक संकट आउने देखिएकाले यस्तो बेलामा पार्टीमा एकता कायम गर्न सुझाव दिएका थिए ।

यता नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन र अन्तरबिरोधको समाधानका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

हेर्नुहाेस्  मन्त्री योगेश भट्टराईकाे स्टाटस्

bhattariiमंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्य तथा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् ।

बिहान ८ बजेका लागि बोलाइएको छलफलमा माओवादी समूहबाट मन्त्री भएकाहरु रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टमात्रै बालुवाटार पुगेका थिए ।

पार्टी र सरकार सही ढंगले चलाउन नसकेको, पार्टीभित्रको अन्तरविरोधलाई भारतसँग जोडेको भन्दै मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १८ जना नेताले धारणा राखेका छन् ।

बैठकमा उनीहरूले राष्ट्रिय आत्मनिर्णयको अधिकार र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

मंगलबारको बैठकमा बोल्ने ओलीबाहेकका सबै १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागे । ओली पक्षधर कुनै पनि नेताले बोलेनन् ।

सचिवालयका तीन सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने मंगलबार बोलेनन् । प्रचण्डले केही राख्नुस् भन्दा पोखरेलले नबोल्ने बताएका थिए । मंगलबार प्रधानमन्त्रीसहित १८ नेताले बोलेको थिए ।

प्रतिकृया दिनुहोस