नेकपाको स्थायी कमिटी बैठक : १८ जनामध्ये आफ्नो पक्षमा बोल्ने ओली एक्लो

Pm oli 11

काठमाडौं । सोमबार बिहानसम्म नेकपाभित्रको आन्तरिक किचलो त्यति उत्कर्षमा थिएन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकारबाट हटाउन भारतीय दुतावास र पार्टी नै लागेको बताएपछि एकाएक नेकपाभित्रको विवाद सगरमाथाको टुप्पोमा पुगेको छ ।

मंगलबार नेकपाको मंगलबार बसेको स्थायी कमिटी बैठकमा १८ जना नेताहरू बोलेका थिए । ती १८ मध्ये १२ जनाले प्रधानमन्त्री केपी ओलीको राजीनामा नै मागे । बैठकमा प्रधानमन्त्री ओली एक मात्र आफ्नो पक्षमा बोल्ने नेता थिए ।

अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भिम आचार्यले प्रधानमन्त्री ओलीको कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरे ।

अन्य ५ जनाले सरकारको आलोचना गरेका छन् । तर, उनीहरूले राजीनामा भने मागेनन् । बैठकमा गणेश साह, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य र नारायणकाजी श्रेष्ठले बोले पनि सरकारको आलोचना मात्र गरे ।

सरकारको आलोचना गर्ने यी ५ जनाले पनि घुमाउरो शैलीमा राजीनामा कै कुरा गरे । चौतर्फी घेरावन्दीमा परेका बेला सरकारको विरोध गर्नु भनेकै ओलीको विरोध गर्नु हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...