नेकपा एमाले दर्ता गर्न सन्ध्या तिवारीले दिइन् निर्वाचन आयोगमा निवेदन

Nirbachan aayog 16

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा (एमाले) पार्टी दर्ताका लागि निवेदन दर्ता भएको छ । झापा घर भएकी सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएकी छन् ।

पूर्वएमाले र पूर्वमाओवादी मिलेर २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको थियो । दुई ठूला पार्टीबीच एकता भएपछि नेकपा एमाले अस्तित्वमा छैन ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । उनले ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको र जाँचबुझको क्रममा रहेको बताए ।

सोमबार निर्वाचन आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा मंगलबार छलफल भएको छ ।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै त्यो विषयमा आफू जानकार नरहेको जवाफ दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...