प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जाँदा ४५ मिनेट ढिलो भयो नेकपा सचिवालय बैठक

Nekapa isthai samitee baithak 16

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बिहान ११ बजे बैठक बस्ने भनिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास गएकाले ४५ मिनेट ढिलागरी सुरु भएको हो ।

नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ । बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

यसअघिको बैठकमा अध्यक्ष एवं बरिष्ठ नेताहरुलाई राखिएका सोफा र कुर्सीका विषयमा विवाद भएको थियो ।

सीमा समस्याका विषयमा नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले आफ्ना विचार राख्न बाँकी छ ।

सुरुवातमा बोल्न बाँकी नेताहरुले सीमा सम्बन्धि एजेण्डामा धारणा राखेपछि बैठक अर्को एजेण्डामा जानेछ । विभिन्न ७ वटा एजेण्डामध्ये अब दोस्रो नम्बरमा कोभिड –१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेर छलफल हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतको इसारामा आफूलाई हटाउन नेताहरु सक्रिय रहेको बताएपछि आजको बैठकमा शीर्ष नेताहरुले नै ओलीको जवाफ माग्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...