कोरोना अपडेट : नेपालमा संक्रमित संख्या १३ हजार नाघ्यो, २९ को मृत्यु

Corona

काठमाडौँ । नेपालमा कोरोना संक्रमित सख्या १३ हजार नाघेको छ । सोमबार मात्र ४ सय ७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ र आरडीटी विधिबाट १ हजार ८ सय २२ नमुना परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० र आरडीटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको नमुना परीक्षण गरिएको छ ।

थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १ सय ८ पुरुष गरी मुलुकभर १ सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

२४ घन्टामा डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १ , पर्साका २३ , अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३ , कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३ , महेन्द्र गेनाइ सिरहाबाट १४ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३ , पर्वत अस्पतालबाट ८ , स्याङजा अस्पतालबाट ३३ , तनहुँ अस्पालबाट ५ , नुवाकोट अस्पतालबाट ८ , सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २ , आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८ सय २२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६ सय ३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७ सय ९१ परीक्षण भएका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...