एमसीसीमा मतदान नगर्न सांसद प्रकाश रसाइलीलाई 'नेकपा' विप्लवको चेतावनी

Parkash

बझाङ । बझाङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फ सांसद तथा प्रतिनीधी सभा सदस्य प्रकाश रसाईलीलाई जन कारबाही गर्ने चेतावनी दिएको छ ।

आफ्नो पार्टी लामो समय देखि राष्ट्रियता, प्रजातन्त्र, र जनजिविकाको पक्षमा राष्ट्रघात, दलाल र भ्रष्टाचारका विरुद्ध निरनतर संघर्ष गर्दै आएकाले राष्ट्रघाती सन्धी एमसीसीको पक्षमा नबोल्न आग्रह गरिएको छ ।

बझाङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका प्रकाश रसाईलीलाई नेकपा जिल्ला कमिटीको तर्फबाट विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को पक्षमा मतदान नर्गन सुझाव दिएका छन ।

पत्रमा लेखिएको छ हाल एमसीसी संसद बाट पारीत गराउने अन्तीम तयारी भईरहेको ले बझाङगी जनताको भावनाका विरुद्ध गएर एमसीसीको पक्षमा मतदान नर्गन आग्रह गरेका छन ।

यदि जनताको भावनाका विरुद्ध गएर एमसीसीको पक्षमा मतदान गरे जिल्ला प्रवेशमा रोक लगाई जनकारबाही गर्ने चेतावनी दिएका हुन् ।

बिषय : MCC पत्राचार बारे ।

संघीय सांसद प्रकाश रसाइलीज्यु

हाम्रो गौरवसाली पार्टी नेपालकम्युनिस्ट पार्टी बिगतलामो समय देखि राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको पक्षमा र राष्ट्रघात, दलाल र भ्रष्टाचारको विरुद्धमा निरन्तर संघर्ष गर्दै अघि बढी रहेको छ । सोही बिषयलाई लिएर संघर्ष गर्दै गर्दा साम्राज्यवादि दलालभ्रष्ट ब्यवस्थाको मतियार केपी ओली सरकारले बिगत डेढ बर्षदेखि हाम्रो पार्टी माथी मानव अधिकारको गम्भीर उलंघन हुने गरि प्रतिबन्ध लगाई रहेको कुरामा तपाईं राम्रो जानकार हुनुहुन्छ ।

शासकको लाचारीको कारण सन्१८१६को सुगौली सन्धि देखि नेपालको राष्ट्रियता अत्यन्तै कमजोर बन्दै आइरहेको छ। हाल राष्ट्रघाती महाकाली सन्धिका प्रमुख हस्ताक्षरकर्ता केपी ओली नेतृत्वको सरकारले फेरि राष्ट्रघाती अमेरिकी परियोजना MCC संघिय संसदबाट पारित गराउने अन्तिम तयारी गरिरहेको हुँदा तपाई बझाङी जनताको जनप्रतिनिधि भएकोले राष्ट्रबादी बझाङी जनताको भावनाको विरुद्धमा गएर MCC को पक्षमा मतदान नगर्न हाम्रो पार्टी सुझाव दिन चाहन्छ ।

यदि जनताको भाबनाको विरुद्धमा गएर मतदान गरे तपाईलाई जिल्ला प्रवेशमा रोक लगाउनुको साथै पार्टी थप कार्बाही गर्न बाध्य हुनेछ ।

हरिलाल                                                   बिराट

सेक्रेटरी                                                 जिल्ला इन्चार्ज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...