नेकपाको सचिवालय सुरु, चर्काे आलोचनापछि ओली बैठकमा उपस्थित

Nekapa isathai commitee baithak

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए । आलोचना भएपछि ओली आजको बैठकमा उपस्थित भएका छन् ।

शुक्रबार बिहान ११:४५ मा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुँदा आफूविरुद्ध सबैजना एक ठाउँमा उभिएको भन्दै असन्तुष्टि जनाएको भनिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको उद्घाटन सत्रमा आरोप प्रत्यारोप भएको थियो ।

तेस्रो दिनको बैठकमा ओली उपस्थित भएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बैठक सुरु भएको छ । स्थायी कमिटी बैठकमा हिजोसम्म १८ जनाले सीमा समस्याका विषयमा आफ्नो धारणा राखेका थिए ।

आज तेस्रो दिन पनि बैठकमा सीमा समस्याका विषयमा बोल्न बाँकी स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने छन् ।

 

 

प्रतिकृया दिनुहोस