नेकपाको स्थायी कमिटीको पाँचौ बैठक सुरु, यी हुन् बैठकका एजेण्डा

Sachiwalaya 10

काठमाडौं । लामो समयको रस्सकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

दुई ठूला पार्टी मिलेर नयाँ पार्टी बनेपछि स्थायी कमिटि बैठक बसेको यो पाँचौ बैठक हो । विभिन्न पाँचवटा एजेण्डामा बैठकमा छलफल गर्ने तय भएको छ ।

जसमा कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सिमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम लगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डामा राखिएको महासचिव बिष्णु पौडेलले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ३० मिनेट ढिलागरी बैठक सुरु भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुरुवातमै आआफ्नो धारणा राखेर बैठकको औपचारिक सुरुवात गर्ने तयारी छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको नेकपाको स्थायी कमिटी बैठक यसअघि दुई पटक अन्तिम समयमा स्थगित गरिएको थियो । आन्तरिक विवादको उत्कर्षमा पुगेकाले दुवै पक्षले आआफ्नो अनुकूल हुनेगरी बैठकको तयारी गरेका छन् ।

सहमति नभएपछि अध्यक्षद्वयले लिखित राजनीतिक प्रतिवेदन पेश नगर्ने भएका छन् । अध्यक्षद्वयले मौखिक सम्बोधनबाट बैठकको सुरुवात गर्ने हुने एक सचिवालय सदस्यले जानकारी दिए । यसअघि वैशाख २५ र ३१ गते स्थायी कमिटी बैठक बोलाएर पनि अन्तिम समयमा स्थगित थियो ।

प्रतिकृया दिनुहोस